टेकराज भुसाल
बुटवल । संयुक्त ९ दलको आयोजनामा रुपन्देहीको बुटवलमा एमसिसी लगायतका असमान सन्धिसम्झौताको खारेजी, कालापानी–लिपुलेक–लिम्पियधुरालगायतको देशको अतिक्रमित भूमि फिर्ता, कालापानिबाट भारतीय सेना फिर्ता, भ्रष्टाचार, महङ्गीको विरोध, लगायतका अन्य बिषयमा संयुक्त बिराेध सभा सम्पन्न भएको छ।
बिराेध सभालाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका उपाध्यक्ष बद्रे आलमले राष्ट्रियता, जनतन्त्र , जनजीविकाका साथै कोरोना उपचारमा सरकारको उदासिनता र एमसिसी सम्झौताको खारेजीका लागि जनआन्दोलन गर्ने बेला भएको बताउदै उपाध्यक्ष आलमले कम्युनिष्ट नामधारी सरकारका मन्त्री र सांसदहरु दुई तिहाइकाे दम्भ देखाउदै भ्रष्टाचारमा चुररुम डुबेकाे बताउनु भयाे।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओबादि) का नेता समीर केसी, नेकपा (माले) का लुम्बिनी प्रदेश सचिब चन्द्रकान्त आचार्य, देशभक्त जनतान्त्रिक माेर्चाका सचिव मदिम वली, नेकपा (मसाल) का रुपन्देहीका प्रवक्ता नारायण जिसी, राष्ट्रिय जागरण परिषद् नेपालका केन्द्रीय सदस्य चित्र बहादुर थापाले सम्बाेधन गर्दै यो संयुक्त आन्दोलन कुनै पार्टी विशेष नभई राष्ट्रियता, जनतन्त्र , जनजीविकाकाे आन्दोलन भएकोले सम्पूर्ण जनता एकजुट भएर आन्दोलन सहभागिकाे लागि आग्रह गर्नुभएको थियाे।