पाल्पाको रैनादेबी छहरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रैनादेबी छहरा गाउँपालिका–६ चहलासिमलस्थित भित्री कच्चि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दमारबाट माझिटोलतर्फ पराल लोड गरी आउँदै गरेको लु३त ७१५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ बस्ने बर्ष १९ का रमन भट्टराईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ट्याक्टरमा सवार पाँच जना मध्ये तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि बुटवलमा पठाइएको छ ।
घाइते हुनेहरूमा रैनादेबी छहरा गा.पा. ६ चहला बस्ने बर्ष १६ की रक्षा के.सी., सोही स्थानका बर्ष १५ की सबिक्षा के.सी. र बर्ष १४ का बिकास रायमाझी रहेका छन ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिई सवारी दुर्घटना सम्बन्धि अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रेडियो नेपालबाट 

अन्य समाचारहरु