नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी

नेपाल उद्योग वाणिज्य महासंघको सम्पन्न निर्वाचनमा वस्तुगततर्फ अन्जन श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका छन्।
शनिबार भएको निर्वाचनको मत परिणामअनुसार श्रेष्ठ आगामी कार्यकालका लागि वस्तुगत तर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन्।
निर्वाचन समितिका अनुसार अन्जनले ६२ भोट ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ भोट ल्याएका छन्। 
अन्जन किशोर प्रधान प्यानलबाट चुनावमा उत्रिएका थिए।
महासंघको आगामी कार्यकालका लागि वर्तमान वरिष्ठ उपापध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने छन्। 
यो निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानको प्यानलबीच प्रतिस्पर्धा छ। 
ढकाल समूहका अन्य उपाध्यक्षमा जिल्ला नगर उद्योग वाणिज्य संघ तर्फको उपाध्यक्षमा गुणनिधी तिवारी, एशोसिएट तर्फबाट रामचन्द्र संघई छन्। 
प्रधान प्यानलमा जिल्ला नगर संघतर्फ दिनेशलाल श्रेष्ठ, एशोसिएटतर्फ सौरभ ज्योति छन्। वस्तुगततर्फ अन्जन श्रेष्ठ विजयी भइसकेका छन्। 
कूल ६४ पदका लागि हुने निर्वाचनमा १२३ उम्मेदवार रहेका छन्। प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट सन्दिप अग्रवाल निर्विरोध भइसकेका छन्। सेतोपाटीमा समाचार छ ।