दाङ– संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै दाङमा बिहीबार प्रदर्शन भएको छ।
राजसंस्थाको पक्षमा देशभक्त नेपाली नागरिकको आह्वानमा दाङमा बृहत मोटरसाइकल र्याली निकालिएको हो।
घोराही, तुलसीपुर, लमही लगायतका स्थानबाट जम्मा भएका मानिसहरु र्यालीमा सहभागी भएका थिए।
र्यालीमा सहभागीहरुले राष्ट्रिय झण्डा फहराउँदै ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘नेपाली जनता के भन्छ राजारानी ले भन्छ’, ‘राजा ल्याऊ देश बचाऊ’ जस्ता नारा लगाएका छन्। देशसन्चारमा समाचार छ ।