विरगञ्ज । पर्साको वीरगञ्जमा बिहीबार राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको छ ।
हिन्दू राष्ट्र राज संस्था पुर्नस्थापना संघर्ष समिति पर्साले जनता आउ राजा ल्याउ नामक ब्यानरमा भएको प्रदर्शनमा सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड समेत बोकेर वीरगञ्जमा र्याली निकालेका थिए ।
बीरगञ्जको घण्टाघरबाट सुरु भएको र्याली बजार परिक्रमा गर्दै पुन घण्टाघर पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ जस्ता नारा पनि लगाएका थिए ।
उनीहरुले राजतन्त्र र हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गरेको खबर न्यूज २४ नेपालमा माइरफान अलीले लेखेका छन । वीरगञ्जका अन्लाईन मिडियाबाट