रेसुङ्गा नगरपालिकाद्वारा विद्यालयहरुलाइ कोभिड लक्षित सामग्री बितरण

पुर्ण बिश्वकर्मा 
गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले नगर भित्रका विद्यालयहरुलाइ कोभिड लक्षित सामग्री बितरण गरेको छ ।  कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेकोले शिक्षक तथा विद्यार्थीको स्वास्थ्यलाइ मध्यनजर गर्दै सो सामग्री बितरण गरेको हो । 
कोभिड -१९ को कारण पछिल्लो समय शिक्षक,विद्यार्थी लगायत अन्य ब्यक्तिहरुमा पनि संक्रमण बढ्दै गइरहेकोले  उक्त सामग्री बितरण गर्नु नगरपालिकाको दायित्व रहेको नगर प्रमुख  भुसालले बताउनु भयो ! त्यस्तै नगरपालिकाले कोभिड -१९ न्युनिकरणका निम्ति थप कार्यक्रम अगाडि सारेको र उक्त कार्यक्रम सफल हुने उहाले बताउनु भयो ।  
सामुदायिक विद्यालयहरुलाइ १ वटा थर्मल गन,विद्यार्थी- शिक्षकको आवस्यकता हेरी ५.५ देखि १०.५ लि. सम्म सेनिटाइज , सर्जिकल तथा कपडाको मास्क लगायतका सामाग्री बितरण गरिएको स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिनुभयो साथै एउटा विद्यालयलाई अधिकतम ३५ हजार मूल्य पर्ने सामाग्री बितरण गरिएको उल्लेख गर्दै अर्यालले कोभिड – महामारीबाट जोगिन समेत आग्रह गर्नुभयो । 
कोभिड सामाग्री ग्रहण गर्दै महेन्द्र मा.वि. तम्घासका प्राचार्य युबराज ज्ञवालीले विद्यार्थी तथा शिक्षकको स्वास्थ्यलाइ महत्त्व दिदै सामाग्री हस्तान्तरण गरेकोमा धन्यबाद प्रकट गर्नुभयो ।  साथै आगामी दिनमा थप यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भयो । 

अन्य समाचारहरु