लुम्बिनी प्रदेशका सत्ता-प्रतिपक्षका सांसदहरुले भने-‘अस्थायी संरचनामै राजधानी सार्न हतार नगरौं’

अर्घाखाँची डटकम सम्वाददाता
बुटवल मंसिर २२ –
लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने सम्भावना नरहेको सत्ता र प्रतिपक्षका सांसदहरुले बताएका छन् ।
बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवााङको अस्थाई संरचना मै कार्यालयहरु लैजादा राज्यलाइ करोडौ रुपैया आर्थिक भार पर्ने भएकाले उपर्युक्त स्थायी संरचना निमार्णपछि मात्रै सरकारका संरचनाहरु लैजादा उपर्युक्त हुने उनीहरुको धारणा छ।
रिपोर्टर्स् क्लव लुम्बिनी प्रदेश बुटवल द्वारा आयोजित साक्षात्कार कार्यक्रम मा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता विरेन्द्र कनौडियाले  प्रदेशको राजधानी र नामाकरण पछि सरकार दायित्व पूरा नभएको भन्दै नया ठाउमा राजधानी स्थापित गर्न सरकार थप गम्भीर भएर लाग्नुपर्ने बताए । 
‘प्रदेशसभाको हिंउदे अधिवेशन दाङमा गर्ने हल्ला सुनिएको छ, यहि हालतले देउखुरीमा कसरी बैठक बस्न सक्छ,संरचना केहि छैनन् ? ’उनको प्रश्न छ । उनले भने- ‘अस्थायीबाट फेरि अस्थायी कसरी जाने भौतिक संरचनाको निमार्ण सकेर लैजानुपर्छ ,बरु छिटो काम होस्।’   
उनले नेकपा विवाद कुनै सैद्धान्तिक र बैचारिक नभएको भन्दै  सत्ता  र शक्ति केन्द्रीत भएको  टिप्पणी गरे । उनले यस्तो  महामारीको बेलामा पार्टी भित्रको  झगडाका कारण देशलाई बर्वाद बनाउन नहुने भन्दै जनताप्रति खेलबाड नगर्न उनले आग्रह समेत गरे।
संघीय सरकार जनतालाई डेलिभरी दिन नसकेको,भ्रष्ट्रचारमा डुबेको , संविधान विपरीत  क्रियाकलाप गरेको,नीति नियम नमानेको,तानाशाही भएकोले नैतिक रुपमा पतन भैसकेको आरोप  पनि लगाए  । साथै उनले  सरकारलाई सत्तामा बस्ने कुनै अधिकार नभएको धारणा व्यक्त गरे ।                                      नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) लुम्बिनी प्रदेश प्रमुख सचेतक भुमेश्वर ढकालले राजधानी स्थापित र व्यवस्थित गर्न समय लाग्ने बताए । उनले दीर्घकालिन संरचना निमार्ण गरेरै मात्र राजधानी दाङ सार्ने सरकारको मनसाय रहेको बताए । 
उनले प्रदेश सरकार दीर्घकालिन योजना साथ अगाडी बढेको भन्दै प्रतिपक्षले लगाउने गरेको भष्ट्रचारको आरोपको खण्डन गरे ।
उनले  भने-‘सरकारले भ्रष्ट्रचार ,अनियमितता गरेको भए प्रमाणित गर्न चुनौति दिन्छु ,यदि त्यसो भए प्रदेशको लेखा समिति के हेरेर बसेको छ ?’ उनले बुटवलबाट राजधानी सरेपनि आर्थिक केन्द्र भने बुटवलमा नै रहने दावी गरे ।
बुटवलबाट तत्काल  सेयर कारोवारको व्यवस्था पनि शुरु हुन लागेको ढकालले जानकारी दिए ।                                          साक्षात्कार कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा सचिब कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

अन्य समाचारहरु