मल्लरानीको वान्नामा पहिलोपटक बस पुग्यो, स्थानीय खुसी

माधव खनाल 
२८ मङ्सिर प्युठान – प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नम्बर २ को वान्नामा  पहिलोपटक बस पुगेको छ जिल्लाको मल्लरानी गाउँपालिकाको दोस्रो ठूलो ब्यापारीक केन्द्र चुजाठाटी भन्दा करिब ३.५किलोमीटर भित्र रहेको सो गाउँमा  पहिलोपटक बस पुर्याइ बस र बसपार्कको गाउँपालिका अध्यक्ष अम्मरध्वज रानाले रिवन काटी उद्घाटन गर्नुभएको छ । 
 उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रानाले अब नियमित रुपमा वसको नम्बर लगाइ यश क्षेत्रका जनताहरुले सहजै रूपमा यात्रा गर्न पाउने आफू विश्वस्थ रहेको बताउनुभयो ।उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समिति प्युठानका पुर्व सभापति बोम बहादुर खत्रीले यातायातको सुबिधा नै ऎलेको मुख्य आवस्यकता भएको बताउनुभयो । 
 कार्यक्रम मल्लरानी गाउँपालिका वाडा नम्बर दुईका अध्यक्ष लेखबहादुर थापाले पुस माघ महिनामा छोटा दिन हुनेहुनाले  भानुभक्त माध्यामिक बिधालयमा अध्यापन रत यश क्षेत्रका बिद्यार्थी भाइबहिनी हरुको लागि वडा कार्यालयले दुई महिनाको लागि बसको ब्यबस्थापन समेत मिलाइएको जानकारी गाराउनुभयो 
उद्घाटन कार्यक्रममा मल्लरानी गाउँ कार्यपालिका सदस्य सीता पुन वडा सदस्यहरु गणेश जिसि सीता नेपाली वडा सचिव उमाकुमारी कार्की स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि समाजसेवी शिक्षा प्रेमी लगायतको उपस्थिति रहेको वडा नम्बर दुइका कार्यालय सहयोगी धुर्व भट्टले बताउनुभयो ।पहिलोपटक बस पुगेपछि स्थानीयमा खुसी छाएको सोही खुसिमा स्थानीयले बस धनी  बस चालक र सहचालक लाई फुल माला र अविर लगाइ स्वागत गरेका थिए ।
उद्घाटन कार्यक्रम प्रेम पौडेलको अध्यक्षता गिरिराज पौडेलको स्वागत र शोवबहादुर घर्तिको सन्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु