दाङमा टिकटक भिडियो बनाउने क्रममा पुलबाट खस्दा गम्भीर घाइते

दाङ–दाङमा झुलुंगे पुलबाट खस्दा एक जना गम्भिर घाईते भएका छन्।
शनिबार दिउँसो बबई गाउँपालिका–५ पुरन्धारा झरना क्षेत्रमा घुम्न गएका एक जना युवा झोलुंगे पुलबाट खस्दा घाईते भएको प्रहरीले जनाएको छ ।
झुलुंगे पुलमा टिकटक भिडियो बनाउने क्रममा झोलुंगे पुलबाट खस्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ सवा ६ बजेतिर घाइते थापालाई कोहलपुर रेफर गरिएको अस्पताल प्रशासनले सेतोपाटीलाई जानकारी दिएको छ ।
शनिबार रमाईलो गर्ने भन्दै २५/२६ जना साथी मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। त्यहीँ  समयमा थापाले टिकटक बनाउन भन्दै बबई नदी माथिको झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झुण्डिएका थिए। त्यहीँ क्रममा उनको हात गलेपछि सोझै बगरमा खसेका थिए।
इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार घटना शनिबार दिउँसो सवा २ बजेतिरको हो।
‘पिकनिक खाइसकेपछि साथीसँगै झुलुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै सपोट तारमा झुण्डिएका रहेछन्,’ केसीले  भने, ‘केहीबेर झुण्डिएपछि उनको हात गल्यो र उनी त्यहीँबाट सोझै तल बगरमा खसेको भन्ने छ।’
थापा झन्डै २० मिटर माथिको पुलबाट बगरमा बजारिएका थिए। उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोटपटक लागेको भन्ने जानकारी उनका साथीले दिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।
भिडियोमा थापा पुलमुनि केहीबेर झुण्डिएको देखिन्छ। केही बेरमै त्यहीँबाट सोझै बगरमा खसेको देखिन्छ।
थापा पुलमुनि झुण्डिरहेको समयमा उनका ६/७ जना साथीहरु पुलमा उभिरहेका हुन्छन्।  
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा पठाइएको छ । देशसन्चारमा समाचार छ – 

अन्य समाचारहरु