“विधि पद्धतिको नाममा सत्ता, शक्तीकाे लागि जनतालाई अलमलमा राख्न पाइदैन”: प्रदेश सभा सदस्य घिमिरे

हरि कुँवर 
अर्घाखाँची ।   प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले जनतालाई विधि पद्धति को नाममा सत्ता र शक्तीकाे लागि जनता लाई अलमलमा राख्न नहुने बताएका छन । सासद घिमिरेले  नेकपा नेतृत्वको सरकारले देश जनता र पाटी प्रतिको चिन्ता भए संसदिय ब्यबस्थालाई विस्थापन गरि प्रत्यक्ष निर्वाचित कार्यकारि प्रमुखकाे शासकिय  प्रणाली स्थापित गर्ने एजेन्डामा छलफल अगाडि बढाउनु पर्नेमा जोड दिएका हुन । 
 एक कार्यक्रमका बीच सासद घिमिरे ले आक्रोश पोख्दै देशमा अस्थिर राजनीतिक समस्याकाे कारण ले देश ले ठुलो जोखिम खेप्नुपरेको बताएका हुन । नेताहरु को आबेग र ईगाेले यो लडाइमा काेहि पनि बच्न नसक्ने प्रष्ट पारेका हुन । समृद्धिको अभियान नेकपा ले पूरा गर्ने हुदा समस्या नेताहरु लाई   बैठक बाट नहि समाधान खोज्नु पर्ने नेता घिमिरे ले बताएका हुन । 
नेता को भित्री लडाइ ले नेकपा को दुइ तिहाइ सरकार आयो बिकासको मुल फुट्छ राजनितिक अस्थिरता हट्छ भन्ने सोचेका आम जनता लाई विश्वासघात गर्न खोजिएको बताएका हुन । नेकपाले प्राप्त गरेको दुई तिहाई नजिक जनमत देशलाई अनिर्णयको बन्दि बनाउनका लागि हैन। केबल स्थायी सरकार, सुशासन शान्ति र समृद्धिको लागि हुनु पर्ने नेता घिमिरेले प्रष्ट पारेका छन ।

अन्य समाचारहरु