माधव खनाल
११पौष मल्लरानी प्युठान । राष्ट्रिय जनमोर्चा प्युठान मल्लरानी गाउँपालिका अध्यक्ष सुर्य् बहादुर नेपालीले प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको कदम गैरसंबैधानिक भएको आरोप लगाउनुभएको छ शनिबार राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका वडा नम्बर ३ ले वुढिदेविमा आयोजना गरेको चौथो वार्ड भेलाई सम्बोधन गर्दै नेपालिले सो कुरा बताउनुभयो ।
भेलालाई अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका सदस्य तथा वडा नम्बर ३ का वडा अध्यक्ष गिरिराज पौडेल अखिल नेपाल महिला संघ मल्लरानी तीन कि अध्यक्ष पवित्रा पौडेल अखिल नेपाल किसान संघका कृष्ण पौडेल लगायतले मन्तव्य दिनुभएको थियो ।
भेलाले मल्लरानी तिनमा प्रत्येक टोल टोलमा संघठन निर्माण गर्ने समेत निर्णय गरेको छ भने कार्यक्रम राष्ट्रिय जनमोर्चा मल्लरानी तिनका अध्यक्ष बोधिप्रसाद पोख्रेलको अध्यक्षता दिर्घ बहादुर रानाको स्वागत र ऋषिराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।