गुल्मी – गुल्मी जिल्लाको रेसुंगा नगरपालिका–१३ भगारीस्थित मसिने खोलामा ट्रकको ठक्करबाट शनिबार राति दुई जनाको ज्यान गएको छ । मसिने खोलामा ना५ख ३२०४ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा १३ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति २ बजेतिर पैदल हिँड्दै गरेका उनीहरूलाई बुटवलबाट सामान लिएर तम्घासतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको हो । चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कान्तिपुरबाट