बुटवलमा प्रदेश स्तरिय सामुदायिक बिद्यालय ब्यवस्थापन महासंघ गठन

अराज बेल्बासे
बुटवल । लुम्बिनी प्रदेश स्तरिय सामुदायिक बिद्यालय ब्यवस्थापन समितिकाे भेला बुटवलमा सम्पन्न भएकाे छ ।
भेलाले प्रदेश स्तरिय महासंघ गठन गर्ने निर्णय  समेत गरेकाे छ । समितिले बिद्यालयकाे शाैक्षिक सुधारका लागि विभिन्न दवाव मुलक कार्यक्रम हरु सञ्चालन गर्ने गरेकाे छ । 
सभामा अधिकांस बक्ताहरुले सरकारले शिक्षा नीति बनाएर लुकाउदा शिक्षा क्षेत्रकाे सुधारमा ढिलाइ भइरहेकाेमा कर्मचारीले सार्वजनिक गर्दा उल्टै सरकारले कार्वाही गर्छु  भन्नू सरकारकाे लाचारी पन रहेकाे भन्दै असन्तुष्ट ब्यक्त गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले शिक्षा क्षेत्रमा केन्द्र बाट प्राप्त बजेट नअाउदा काम गर्न समस्या रहेकाे बताउनु भयाे । शाैक्षिक सुधारका काम सन्ताेषजनक रुपमा नभए पनि प्रदेश सरकार त्यस प्रति प्रतिवद्ध रहेकाे बताउनु भयाे । 
भेलाले सरद भट्टराईकाे अध्यक्षतामा नँया समिति चयन गरेकाे छ जसकाे उपाध्यक्षमा परासीका टुक प्रसाद बस्याल ,सचिवमा दाङका दिपक पाण्डे,काेषाध्यक्षमा अर्घाखाँचीका जानका बन्जाडे,सदस्यमा अर्घाखाँचीका माधव प्रसाद पाैडेल ,रुपन्देहीका शिबप्रसाद गैरे लगायत सदस्य रहनु भएकाे छ  कार्यक्रममा सामुदायिक बिद्यालय ब्यवस्थापन समितिका केन्द्रीय  अध्यक्ष कष्ण थापा,शिक्षक महासंघका प्रदेश अध्यक्ष प्रेम भण्डारी लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे । 
लुम्बिनि प्रदेशमा पहिलाे पटक समिति गठन भएकाे हाे ।

अन्य समाचारहरु