श्याम घिमिरे
पौष २६- लुम्बिनी प्रदेश सरकारले आगामी माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
सरकारले आगामी माघ १ र २ गते माघे सक्रान्ति पर्बको अवसरमा लुम्बिनी प्रदेशभर २ दिन सार्बजनिक बिदा दिने भएको हो । गत वर्ष पनि प्रदेश सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो ।
प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०७७ बैशाख १० गते बसेको बैठकको निर्णय अनुसार दुई दिन सार्बजनिक विदा दिने निर्णय भएको थियो । सोही अनुसार बिदा रहेको आन्तरीक मामिला तथा कानुन मन्त्रालयका प्रबक्ता माधबराज मरासिनीले सुचना मार्फत जानकारी गराउनु भएको हो ।