अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम सप्पन्न

निरु आचार्य
बुटवल । अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम भव्यताको साथ सु-सप्पन्न भएको छ । 
 
अध्यक्ष  निरज आचार्यको अध्यक्षतामा , अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य क. सरोज पोखरेलको प्रमुख आतिथ्यतामा , सचीव क. योगेन्द्र रायमाझी को संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष क. दिपक के.सि. ले राख्नु भएको थियो ।
 
कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य  सरोज पोखरेल , केन्द्रिय सदस्य तथा जिल्ला संयोजक  साजन भण्डारी , केन्द्रिय सदस्य तथा जिल्ला सह-संयोजक  शेषकान्त पोखरेल , केन्द्रिय सदस्य हरु क्रमशः दिपक चापागाईं , प्रकाश पराजुली , रमेश ढकाल , सुर्य कुँवर , बिजय कार्की र जिल्ला कमिटी सदस्य  गुन ब.श्रेष्ठ ले मन्तव्य राख्नु भएको थियो । 
बैठकबाट रक्तदान कार्यक्रम गर्ने निर्णय भएको र उक्त कार्यक्रमको संयोजक  दिपक के.सि. लाई तोकिएको छ ।

अन्य समाचारहरु