दिपक भुसाल
काठमाडौं ६ माघ । कपिलवस्तुमा राम्रो प्रभाव भएका नेकपा नेता गिरिधारीलाल न्यौपाने प्रचण्ड–माधव समूह छाडी ओली समूहमा लागेपछि कपिलवस्तुमा ओली समूहको प्रभाव बढेर गएको छ ।
उनी ओली समूहमा प्रवेश गरेसँगै कपिलवस्तुमा धेरै नेता कार्यकर्ता ओली समूहमा खुल्न थालेका छन् । नेकपा कपिलवस्तुका इन्चार्ज समेत रहेका नेता न्यौपाने केहि दिन अघि प्रधानमन्त्रीलाई भेट गरि ओली समूहमा लागेका हुन ।
भेटमा पार्टी सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेल र पार्टीका महासचिव तथा अर्थ मन्त्री विष्णु पौडेल समेत सहभागी थिए ।
न्यौपानेले प्रधानमन्त्रीले चालेको कदम ठिक भएकाले आफू ओली समूहमा लागेको भन्दै अव सशक्त ढंगले पार्टी काममा लाग्ने बताए ।उनले प्रधानमन्त्रीले लोकप्रिय कामका साथ सरकार सञ्चालन गरेपनि प्रचण्ड माधव समूहका नेताहरु निरन्तर सरकारलाई असफल बनाउन लागिपर्दा अहिलेको अवस्था सिर्जना भएको बताए ।