अर्घाखाँचीडट्कम संवाददाता
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि आन्दोलनमा अगाडि नसरी पछि–पछि बसेर पदमा पुग्ने नेताको संज्ञा दिनु भएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै बुटवलमा बिहीबार आयोजना गरिएको शक्ति प्रदर्शनसहितको सभालाई सम्बोधन गर्दे नेपालले यस्तो बताउनुभएको हो ।
आन्दोलनमा सहभागि नहुने ओलीले राजतन्त्र फालिदैन भन्दै भविष्यवाणी गरे पनि त्यो फालिएको र अहिलेको निर्वाचनको विषयमा पनि ओली गलत सावित हुने उहाँको जिकिर थियो ।
अर्का अध्यक्ष पुष्पकमल दाहालले श्री ३ महाराजधिराज बन्न खोज्ने जो कोहीलाई पनि धाराशायी बनाउने चेतावनी दिनुभया ।
प्रधानमन्त्री ओलीलाई सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको भन्दै दाहालले ओलीको निरंकुशता केही महिना मात्र टिक्ने जिकिर गर्नुभयो ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्दै उहाँले घुमाउरो भाषामा अदालतले नगरे जनताको अदालतले गर्ने बताउनुभयो ।
सबभन्दा ठूलो अदालत जनता रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले ओलीले पार्टी एकता तोड्ने र संविधानको घाँटी रेट्ने काम गरेको आरोप लगाउँदै दुई वर्षभित्र आफ्नो पार्टी सरकारमा जाने र नयाँ नेपालको जग बसाल्ने दाबी गर्नुभयो ।
ओलीको निरंकुश प्रवृत्तिलाई इतिहासले ‘हुत्याइदिने
प्रचण्ड–नेपाल पक्षीय नेकपाका अध्यक्ष माधव कुमार नेपालले ओलीको निरंकुश प्रवृत्तिलाई इतिहासले ‘हुत्याइदिने’ बताएका छन्।
आज बुटवलमा आयोजित सभामा बोल्दै उनले भने–‘ओलीमा निरंकुश प्रवृत्ति हावी छ। तानाशाही प्रवृत्ति हावी छ। त्यस्ता प्रवृत्ति भएका व्यक्ति सम्मानका पात्र हुनै सक्दैनन्। त्यस्ता प्रवृत्तिलाई अब जनताले हुत्याएर फाल्ने समय सुरु भएको छ।’
नेता नेपालले प्रधानमन्त्री ओलीले नेपाली जनताको भावना र चाहना नबुझेका कारण समयको प्रभावसँग हिड्न नसकेको पनि आरोप लगाएका छन्।
ओलीप्रति लक्षित गर्दै उनले भने–‘उहाँले नेपाली जनताको भावना बुझ्नु भएको छैन नेपाली जनताको चाहाना बुझ्नु भएको छैन, समयको प्रवाह बुझ्न सक्नुभएको छैन समयको गति बुझ्न सक्नुभएको छैन, उहाँ समयको पछिपछि लतारिने मान्छे हो। समयलाई अगुवाई गर्न सक्ने त्यो खुबी, क्षमता केपी ओलीमा छैन। यो सबैकुरा हामीले अनुभवबाट प्राप्त गरेका छौं।’
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कुनैपनि न्यायपूर्ण आन्दोलनको अगुवाई नगरेको दावी गर्दै उनले ‘बरु अरुको कुरा काट्ने बानी’ रहेको बताए। ‘केपी ओलीले कुनै आन्दोलनको अगुवाई गर्नुभएको छैन । न्यायपूर्ण आन्दोलनको अगुवाई गर्नुभएको छैन।’ उनले भने–‘जहिलेपनि पछाडी बसेर कुरो काट्ने उहाँको बानी छ । जहिले पनि उहाँ पछाडि बसेर अरुको बद्ख्वाईँ गर्ने बानी छ।’
उनले अघि थपे–‘त्यसैले उहाँ भन्नुहुन्छ मेरो खुट्टा तान्यो । हामीले त हात समातेर अगाडि बढाउँन चाहन्छौं, उहाँ थुचुक्क बस्नुहुन्छ, अगाडि बढ्नै चाहनुहुन्न।’
यसअघि नेपाल माधव नेपालले ‘गणतन्त्र आउँदैन’ भन्ने केपी ओलीको भविष्यवाणाी २०६२-६३ को आन्दोलनमा असफल भएजस्तै बैशाखमा हुने भनिएको चनावको भविष्यवाणी पनि असफल नै हुने दाबी गरे।
कार्यक्रममा बोल्दै नेताहरु वर्षमान पुन, युवराज ज्ञवाली, चक्रपाणि खनाल बलदेव,ओनसरी घर्तीलगायतले प्रतिगमनविरूद्धको अन्तिम लडाइ शुरु भएको र प्रतिगमन परास्त हुने बताएका थिए।