अर्घाखाँचीडट्कम संवाददाता
कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आजबाट खेल महोत्सव शुरु भएको छ ।
३९ प्रकारका खेलामा ११२५ जना खेलाडी सहभागि भएका छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३४ र मेयर उपमेयर कप तर्फ ५ प्रकारका खेलाहरु आयोजना हुने जनाइएको छ ।
खेलमा शिवराज नगरपालिकाको आधार कृषि उद्योग पर्यटन र पूर्वधार,स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको हो ।
खेलको उद्धघाटन गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले खेलाडीले राष्ट्रको नाम राख्न र शारीरीक रुपमा स्वस्थ जिवन व्यतित गर्न सक्ने भएकोले शिवराज नगरपालिकाले खेललाई प्राथमिकताका दिएको बताउनुभयो । विगतका वर्षहरु पनि खेल आयोजना भएको बताउँदै थप व्यावस्थित सहित यो वर्ष एक हप्ता सम्म सम्म खेल महोत्सव आयोजना गरिएको बताउनुभयो । खेलकुद प्रतियोगिताले युवायुवतीहरुलाई दुव्र्यसनि वाट हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुृभयो । नगर प्रमुख अधिकारीले हरदम पढेर मात्र नहुने बताउदै केहि समय खेलको लागी पनि छुट्टाउनुपर्ने, र तनाव मुक्त ह’नको लागी पनि खेलको महत्व हुने बताउनुभयो । नगरप्रमुख अधिकारीले धेरै खेलहरु रहेकोले नियममा रहेर खेल खेल्न आग्रह गर्दै लगातार खेलमा लगनशिल भएर लागेमा सफल भईने बताउनुुभयो । खेलाडीहरुलाई प्रोत्साहन गर्न नगरपालिका तयार रहेको बताउँदै नगरका खेलाडीलाई प्रदेशस्तरका खेलहरुमा सहभागि गराउनुपर्नेमा जोड दिनुभयो ।
खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराते लगायताका प्रतिस्पर्धा विद्यालय स्तरिय रहने शिवराज नगर खेलकुद विकास समितिका संयोजक नेत्र बेल्वासेले बताउनु भयो ।यस्तै मेयर कप प्रतियोगिता तर्फ फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ भने उप मेयर कप तर्फ, महिला फुटबल, र महिला कराते प्रतिस्पर्धा रहने संयोजक वेल्वासेले बताउनु भयो ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १५ विद्यालयको सहभागित रहनेछ भने मेयर उपमेयर कप तर्फ फुटबलमा १३ र क्रिकेटमा ७ टिम दर्ता भएको बेल्बासेले बताउनुभयो । खेल महोत्सव माघ ३० गते समापन हुनेछ ।