आम हड्ताल समस्या कि समाधान?

सन्दिप खनाल,
मालारानी गाउँपालिका,०३ आरुबुटा,
अर्घाखाँची।
हाल ;काठमाडौँ।
विभिन्न समयमा, विभिन्न विषयवस्तुलाई शिर्षक बनाएर पक्ष विपक्ष बनेर गरिने समाजलाई नै दुषित र आघात पुर्याउने खालका आन्दोलन पछिल्लो समयमा देशैभरि दिनहुँजसो हुँदै आएका छन्। देखाउने दात छुट्टै चपाउने दात छुट्टै भनेजस्तै आफ्नो व्यक्तिगत वा आफ्नो समूहको निर्दिष्ट स्वार्थ परिपूर्ति गर्न जनता नै सर्वोपरी हुन् भन्ने जस्ता क्षणिक प्रण गरी गरिने समाजमा अपाच्य हुने खालको क्रियाकलाप हुनु भनेको देखावटी अन्धोपन हो।
वर्तमान समयमा अर्को नरमाइलो कुरा त पछिल्लो समयमा कसैको समर्थन त कसैको विरोधमा हुने सभा,जुलुस,र्याली तथा नारामा सिर्जनशील उमेरका २०/२२ बर्से ठिटाको बाहुल्यता देखिन्छ, जसले मनलाई नै छियाछिया पार्ने गर्छ। यसरी विकासका खम्बा मानिने शिक्षित भनिएका युवाहरु त्यस्ता क्रियाकलापमा सहभागी हुनु भनेको नेपालको घोकन्ते र अन्धो शिक्षाको परीणाम हो।मिति २०७७/१०/२२ गतेका दिनको आमहड्तालको कुरा हो फुर्सदको समयमा यसो सामाजिक सञ्जालमा दृष्टि लगाउँदा जताततै आज यहाँ यस्तो, त्यहाँ त्यस्तो भयो,यहाँ गाडीमा तोडफोड तथा आगजनी भयो,यता झडप भयो यो पक्षले पसलमा ज्यादती गर्यो यति घाइते भए भन्ने सुनिन्थ्यो, तस्वीरहरु पनि देखिन्थे। यस्ता क्रियाकलापमा पनि युवा नै अग्रसर भएको देखिन्थ्यो,यो सबै केको लागि,जताततै नाराहरु घनकिन्थे।एउटा मिडियामार्फत हेरेकाे सामग्रीमा एक जमात युवाले भन्दै थिए”अघि बढ प्रचण्ड युद्ध गर्न हामी छौँ”। यस्ता सिर्जनशील उमेरका युवाहरुले यस्तो विषय उठान गर्नु सम्पूर्ण नेपालीको बिडम्बना हो। युवाहरूको केही क्षणको रमाइलोले नेता नेतृत्व हुनेखानेलाई त असर नपर्ला,तर गरिखाने वर्गलाई त गार्हो हुने नै भयो। भर्खर कोभीड १९ ले थला परेको व्यक्तिगत र समग्र अर्थतन्त्र बिस्तारै तंग्रिने अवस्थामा थियो,दश महिना घर बसेका विद्यार्थीका लागि भर्खर विद्यालय खुलेका थिए यस्तो अवस्थामा त्यस्तो राजनीतिक परिवेश सिर्जना गर्नु नराम्रो पक्ष हो।
केही दिन अगाडीको कुरा हो, एउटा चिया पसलमा पसेको ३/४जना तन्नेरी युवाहरु आफूआफूमा कुरा गर्दै थिए उनीहरुले भन्दै थिए आज सातदोबाटो तिर मोटरसाइकल र्याली छरे त,कलेज बङ्क हान्दिनुपर्छ अर्कोले भन्दै थियो,भोली आमहड्ताल रे आन्दोलनमा जानुपर्छ, यसरी विद्यार्थी नै कलेजबाट भागेर आन्दोलनमा होमिनु भनेको निन्दनीय कार्य हो।जुन पक्षले प्रत्येक स्वच्छ मनमा असहजता पैदा गर्छ।
यस्तै आमहडतालको दिन बिरामी बोकेका एम्बुलेन्समा तोडफोड भई बिरामीलाई पिठ्युमा बोकेका तस्बिरहरु पनि सामाजिक सञ्जालमा भेटिन्थे, अर्कोतर्फ आन्दोलनकारी आन्दोलन गरिरहेका थिए,आन्दोलनको निरीक्षण गर्न भने नेता गाडी र स्कुटरमा सुरक्षाकर्मीसहित आएका सामग्री पनि देखिन्थे,त्यस्तो विषयले व्यक्तिगत स्वार्थतर्फ उन्मुख नेताहरूको पूर्व व्यवहारको झझल्को दिन्थ्यो यस समयमा आन्दोलनकारीलाई छ आन्दोलनरत पक्षले खाजा तथा खानाको प्रबन्ध गर्ला,तर दिनभरी मजदुरी गरेर बेलुकाको छाक टार्ने हजारौं जनतालाई मर्का पर्ने कुरामा कुनै दुई मत छैन।यी कुरा देश र जनताको हित विपरीतका कुरा हुन्,तसर्थ बन्दहड्ताल सधैंका लागि बन्द गरौ र स्वच्छ र सुसभ्य समाज निर्माण तर्फ सधैं अग्रसर बनौं।
अश्लील भाषाभन्दा अश्लील राजनीति हजार गुणा घातक छ, भन्ने कुरालाई मनन गरौं।
नोट; कुनै पक्ष विपक्ष भन्ने विषयबाट टाढा रही आमहड्तालको दिन बन्दको प्रभावका कारण मनमा उब्जिएका असन्तुष्टि।।।।।।।