पत्थरकोटमा रुखबाट लडेर घाइते भएका जनक थापालाई सहयोग हस्तान्तरण

अर्घाखाँचीडट्कम संवाददाता 
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि न.पा. १ पत्थरकोटका ३० बर्षिय जनक थापा गएको साउनमा घाँस काट्ने क्रममा रुखबाट लडेका थिए । रुखबाट खुट्टा चिप्लिएर ढुङ्गोमा परि घाइते बनेका जनकको मेरूदण्ड भाँचिएर अवस्था गम्भिर बनेको थियो ।
त्यस बखत स्थानिय स्तरमा सहयोग संकलन गरी लामो समयसम्म भरतपुर अस्पतालमा उपचार पछि रिफर भई चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्दै आएका थिए । स्वास्थ अवस्थामा सुधार हुँदै गर्दा उनको थप उपचारका लागि पैसाको अभावमा उनको उपचार रोकियो ।
चिकित्सकको सल्लाह अनुसार उनी दुई महिना अघि नै थप उपचारका लागि अस्पताल भर्नाका लागि सुझाव दिएको भएपनि पैसाको अभावमा उनी घरमै बसेका थिए । स्वास्थ्यमा सुधार आएको भएपनि पैसाको अभावमा अस्पतालमा उपचार गर्न नगएको खबर प्राप्त भएपछि जनकलाई बुद्धभूमि नगरपालिका – १ का प्रकाश थापाले सहयोग संकलन गरी उपचारका लागि अस्पताल पठाएका छन ।
थापाले स्थानिय जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, संघसंस्थाबाट सहयोग सङ्कलन गरी पिडितको श्रीमतीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । प्रकाशले रकम हस्तान्तरण गर्दै जनकको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले देश विदेशबाट उनको उपचारमा सहयोग गर्न अपिल गरेका छन ।
सानै उमेरमा आमा बुवा गुमाइसकेका गरिब परिवारका जनकले टिप्पर ड्राईभरबाट दैनिकि चलाएका थिए । उनको २ बहिनी छोरी पनि छन ।

अन्य समाचारहरु