अर्घाखाँचीडट्कम संवाददाता
गुल्मी । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई रानाले सोमबार ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।