लड्डु कांग्रेस कि, हिरोईजम कांग्रेस

युवराज पाण्डे
हिजो आज नेपाली काँग्रेसको राजनैतिक वृतमा लड्डु कांग्रेस भर्सेस हिरोईजम काँग्रेसको वहश चलिरहेको छ । यसको बारेमा बहश र छलफल गर्नु पूर्व काँग्रेस र यसको चरित्र वुझ्नु पर्दछ भन्ने लाग्छ । हामी काँग्रेसका नवप्रवेशीहरुले काँग्रेसको विगतका वारेमा धेरै कुरा गर्यो भने त्यो अस्वभाविक हुन सक्छ । किनभने, आफ्नै अनुभव जति यथार्थपरक हुन्छ र, सुनेको पढेको नहुन सक्छ । त्यसैले मैले यहाँ आफैले भोगेको , देखेको र अनुभव गरेको काँग्रेसको प्रवृत्तीका वारेमा ,पछिल्लो पुस्ता खास गरी २०६२ पछि कँंग्रेसका राजनिति प्रति आकर्षीत पुस्ताको वुझाईको काँग्रेसको चरित्र लड्डु हो या हिरोईजम भन्नेत स्पस्ट पार्न खोजेको छु ।
जव हामी १५/१६ वर्षका थियौं त्यती वेला हामीले वारम्वार सुन्ने गरेको “ नेकपा एमाले न पोथी न भाले” भन्ने उखान प्रख्यात थियो । यस भनाई प्रति हाम्रो आज सम्मको वुझाई भनेको तत्कालिन समयमा नेकपा एमालेको स्पस्ट दृस्टीकोण,लक्ष्य थिएन र सैद्धान्तिक रुपमा विचलित र धुरमुरे निति अंगालेका कारण यस्तो व्यङ्गात्मक टिप्पोणी हुने गर्दथ्यो । उक्त पार्टीले न कम्यूनिजमको सिद्धान्त पूर्ण रुपमा अंगालेको थियो न त पूर्ण लोकतान्त्रिकक पद्धती नै त्यसैले विभिन्न उपमा संग जोडेर उक्त पाटीलाई हेर्ने गरिन्थ्यो । त्यती मात्र होईन, उक्त पार्टीको विचारलाई व्यङ्गात्मक रुपमा सेतो र कालो चियाको प्रसङ्ग जोड्दै स्पस्ट पार्ने गरेको हाम्रो मानस्पटलमा अझै ताजै छ ।
काँग्रेस एउटा पार्टी मात्र होईन,यो त एउटा आदर्श,सिद्धान्त, विचार,व्यवहार र आचरण पनि हो । काँग्रसको उत्पत्ती नै कुर र तानाशाह शासनका विरुद्ध,नेपाली जनताको गुम्सिएको भावनालाई एकीकृत गरी उनिहरुको प्रतिनिधिका रुपमा आफूलाई उभ्याउने हेतुले भएको देखिन्छ । वाक स्वतन्त्रता नै यसको पहिलो आचरण हो भन्ने आम वुझाई छ । यसैले नै काँग्रेस र गैर कांग्रेस विचमा फरक पारेको छ । वर्तमान पार्टी सभापती पनि यहि सिद्धान्त र आर्दशका खातिर आफ्नो जिव्रोमा करेन्ट लगाउनु परेको इतिहास हामीले सुन्ने गरेका छौ । काँग्रेस पाटी स्वतन्त्रताको प्रतिक मात्र होईन चट्टान पनि हो भन्ने दृष्टान्त तत्कालिन समयमा गिरिजा प्रसाद कोईरलाले संसद पुर्नस्थापनाको लागी लिएको अडानवाट स्पस्ट हुन्छ ।
त्यसैले काँग्रेस लड्डु काँग्रेस हुनु भनेको आफ्नो विचार सिद्धान्त र आदर्शवाट विचलित हुनु हो । विधि र पद्धतिमा विश्वास राख्ने पार्टीले आफ्नो लाभ र फाईदाका लागि पद्धति विपरितका कार्य गर्नु भनेको पतनको बाटो रोज्नु हो । राजनैतिक दलको सत्ता प्राप्तीको लक्ष्यलाई अस्वभाविक मान्नु हुदैन तर गलत विधि प्रकृया र बाटोवाट सत्ता प्राप्तीको आतुरता देखाउनु भनेको विधिको शासनलाई तिलान्जली दिनु हो । जुन काँग्रेसको व्यवहार होईन । पार्टी जित्नुमा वढी गर्व गर्नु भन्दा विधि र पद्धति हार्दा मनमा राको बोल्ने मन नै कांग्रेस हो । काँग्रेसको पहिचान नै त्यही हो । जनताको मनमा हिरो बन्नु भनेकै जनताको भावनाको प्रतिनिधित्व गर्नु हो जुन काँग्रेसको स्वभाव हो । काँग्रेस जनताको आवाज बोल्ने हुनुपर्दछ । नेताको आवाज बोल्ने त कम्युनिष्ट को चरित्र हो ।
त्यसैले जनताको आवाज बोल्नेहरु नै वास्तविक काँग्रेस हुन,स्वतन्त्रताको वकालत गर्नेहरु नै काँग्रेस हुन,आफ्नो लाभ प्राप्तीका लागी आर्दश भुल्नेलाई कसरी काँग्रेस भन्न सकिएला र ? त्यसैले अवको काँग्रेस लड्डु काँग्रेस होईन हिरोइजम काँग्रेस नै हो । त्यसैमा काँग्रेसको सिद्धान्त आदर्श आचरण र व्यवहार झल्किन्छ ।
लेखक युवराज पाण्डे, ने.वि.संघ अर्घाखाँचीका पूर्व अध्यक्ष हुनुहुन्छ ।