निर्वाचन आयोगले प्रचण्ड-माधव समूहलाई आधिकारिता प्रदान गर्छ पुर्व मन्त्री: बिष्ट

सुर्य भुसाल 
मुसिकोट, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिएर संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने अनुकूल वातावरण बनाउन आग्रह गर्नु भएको छ ।
नेता बिष्टले केपी शर्मा ओली पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताउदै राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्नु भएको हो । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका मा रहेको युवाहरुको  सस्था सुर्योदय युवा क्लब मुसिकोट २९ अौ बार्षिक उत्सब कार्यक्रमको उदघाटन गर्दै  विष्टले भन्नू भयो  ‘प्रधानमन्त्री केपि सर्मा ओली एक मिनेट पनि सत्तामा बस्नलायक हुनुहुन्न, सर्वोच्च अदालतले हराउँदा पनि पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बस्नु नैतिकता होइन उहाको भनाइ छ ।
विष्टले नेकपाको आधिकारिता प्रचण्ड–माधव समूहमा बहुमत केन्द्रीय सदस्यहरु रहेकाले प्रचण्ड–माधव समूहले नै पाउने बताउनु भयो  पार्टी भनेको व्यक्ति नभएर बहुमत भएको बताउँदै उहाले  निर्वाचन आयोगले पनि त्यसैलाई हेरेर आधिकारिता प्रदान गर्ने र सूर्य चुनाव चिह्न आफूहरुले पाउने दाबि गर्नु भयो । विगतमा पनि निर्वाचन आयोगले बहुमतलाई नै आधिकारिता दिएको उहाको भनाइ छ । कार्यक्रममा मुसिकोट नगरपालिका का प्रमुख तथा नेकपा माधब प्रचण्ड समुहका अध्यक्ष सोमनाथ साप्कोटाले युवाहरु को चाहाना अनुसार नगरपालिका ले सहयोग गर्ने नगरपालिका र गुल्मीको बिकासका लागि सबै एकजुट हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा मुसिकोट नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल लगाएतले शुभकामना दिदै सबै जनप्रतिनिधि हरु र कर्मचारी मिलेर मुसिकोटको बिकासमा लागिपरेको बताउदै युवा लक्ष्क्षित कार्यक्रम लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

अन्य समाचारहरु