गुल्मीको मालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत अति विपन्न ६१२ जनालाई रोजगार प्रदान

दिपेन्द्र खत्री 
फागुन १८ गुल्मी ।  गुल्मी जिल्लाको मालिका गाउँपालिकाले  गाउँपालिका भित्र रहेका अति विपन्न ६१२ जनालाई पचास दिनको रोजगार प्रदान गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँपालिका भित्र आर्थिक अबस्था कमजोर भएका ६१२ जनालाई पचास दिनको रोजगार प्रदान गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम मालिका  शाखा प्रमुख खेमराज गैरेले  जानकारी दिनुभयो ।
प्रत्येक वडाबाट बेरोजगार रहेको र रोजगारका लागि निबेदन दिएकाहरुबाट अति विपन्नहरुलाई पचास दिन बराबरको रोजगारी प्रदान गर्ने गरी छनोट गरिएको हो। छनोट भएका ६१२ जनालाई  सुरक्षाका लागि आवश्यक सामाग्री , गैटी ,बेल्चा लगायतका औजारहरु वडाले प्रदान गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।
६१२ जनालाई प्रत्येक वडाका बिकास निर्माणका आयोजनाको काम , सडक मर्मत , नाली खन्ने , सिडि चिन्ने लगायतका कामहरुमा लगाईएको छ । अति बिपन्नहरुलाई पचास दिन बराबरको रोजगारले पनि घरपरिवार चलाउनका लागि सहयोग  पुग्ने गैरेले बताए।
उनीहरुको दैनिकी ज्याँला  ५१७ रहेको र उनिहरुको पारिश्रमिक बैङक खाता खोली खातामा जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ ।

अन्य समाचारहरु