गुल्मीको मुसिकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका गुल्मीले आर्थिक बर्ष २०७६/२०७७ मा गरेका विभिन्न योजनाहरुको सार्वजनिक सुनुवाइ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसालले जानकारी दिनु भयो । 
मुसिकोट नगरपालिका ले गरेका बिकास निर्माणका कामहरु लाई गुणस्तरीय र पारदर्शिता कायम गर्नका लागि सबै योजना हरुको काम प्रभावकारी होस भन्ने उदेश्य ले नगरपालिका भित्र भुक्तानी दिनु भन्दा अगाडि योजनाको अनुगमन गर्ने र सार्वजनिक सुनुवाइ गर्ने नगरपालिका ले उदेश्य लिएको नगरपालिका का उपप्रमुख कमला सर्माले बताउनु भयो । 
सार्वजनिक सुनुवाइ कार्यक्रम मा नगरपालिका का उपप्रमुख कमला सर्मा प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसाल लगाएतका जनप्रतिनिधि हरु उपभोक्ता हरु स्थानिय सरोकारवाला हरुको सहभागी तामा सार्बजनिक सुनुवाइ गरिएको हो ।

अन्य समाचारहरु