झिम्रुकमा सौतामारेको पोखरा छेडामा शनिबारे हाट्बजार उद्घाटन कार्यक्रम सम्पन्न (फोटो, भिडियो सहित)
चैत्र २० गते, २०७७ मा प्रकाशित
दिपेन्द्र पौडेल
सौतामारे, प्युठान (अर्घाखाँचीडट्कम) । प्युठान जिल्लाको झिम्रुक गाउँपालिका वार्ड नम्बर १ सौतामारे पोखरा छेडामा हाट्बजार उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय कृषि उपजहरुको बिक्रीवितरण गरि कृषकहरुको आय आर्जनमा टेवा दिने लक्ष्यका साथ प्रतेक शनिबार नियमित लाग्ने हाट्बजारको आज कार्यक्रम सम्पन्न भएको हो ।
हाट्बजार उद्घाटन कार्यक्रम कमाने नेपालीको अध्यक्षता र चोप बहादुर बिकको संचालन तथा प्रमुख अथिती धुबराज खनालको उपस्थितीमा सम्पन्न भएको हो ।
यस्तै कार्यक्रममा विशेष अथिती बिस्णु कुमार बिक, लगायत निम बहादुर बिक बिजय बिक्रम जि सि प्रकाश जि सि राम बहादुर बिक मीन बहादुर बिक बाबुराम सुनार सुब्बा सुनारको उपस्थिती रहेको थियो ।
उनिहरुले यस हाटबजारको बिकास र उन्नतिको लागि सधै लागि रहने बताएका थिए । यस ठाउँमा प्रतेक शनिवार नियमित हाट बजार संचालकबाट प्युठान झिम्रुक गाउँपालिका १, अर्घाखाँची मालारानी गाउँपालिका ६, गुल्मी मदाने गाउँपालिका ६ का जनताहरु लाभान्वित हुनेछन् ।