हरि कुँवर
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीमा ” नवदीप युवा क्लब बाँगी भन्डार” ले क्यालेन्डर बिमोचन, डस्बिन तथा सहयोग रकम वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नवदीप युवा क्लब बाँगी भन्डारले वडा कार्यालयमा आयोजना गरेको उक्त कार्यक्रममा बाँगी निवासी अग्नि पीडित खिम बहादुर चुदाली लाई दस हजार नगद हस्तान्तरण गरेको छ । यसैगरी आर्थिक अवस्था कम्जोर श्री जनज्योति मा.वि. मा अध्ययनरत विद्यार्थी अर्जुन कुँवर लाई नगद बीस हजार , नयाँ वर्ष२०७८ सालमा प्रकाशित गरेको क्यालेन्डर र डेस्बिनहरु अध्यक्ष शोभाकर भुसाल मार्फत बितरण गरिएको थियो।
प्रत्येक वर्ष युवाक्लव ले मालारानी गाउँपालिका- ५ भित्र रहेका स्कुल लाई डस्बिन, क्यालेन्डर तथा दिन दु:खीहरु लाई नगद हस्तान्तरण गर्दै आइरहेको छ।
कार्यक्रममा बोल्दै मालारानी गाउँपालिका वडा नम्वर ५ का वडा अधक्ष्य शोभाखर भुसाल ले गाउँपालिका भित्र रहेर क्लबले रचनात्मक काम गरेको बताउनु भयो ।
यस्तै शान्ति माविका प्रअ मान बहादुर पाण्डे ले क्लबका रचनात्मक कार्यले समाजमा सकरात्मक प्रभाव पार्ने बताउनु भएको थियो ।
“सामाजिक रुपान्तरणका लागि युवा अभियान” भन्ने नारा लाई आत्मसात राखी २०७४ सालमा स्थापना गरिएको क्लब का अध्यक्ष सुर्य कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा संचालन तथा समापन केशव कुँवर ले गरेका हुन ।

