जयपुरको राजस्थानमा नेपाली सस्कृति सेवा परिषदद्धारा नव वर्ष मिलन तथा शुभकामना आदान प्रदान कार्यकम सम्पन्न

धर्मराज पन्थी 
भारत (अर्घाखाँचीडट्कम) । भारतको जयपुर स्थित राजस्थानमा नेपाली सस्कृति सेवा परिषदले नव वर्ष २०७८ सालको उपलक्ष्यमा नव वर्ष मिलन तथा शुभकामना आदान प्रदान कार्यकम सम्पन्न भएको छ । 
कार्यकममा संस्थाको संस्थापक कमल सिंह लगायत प्रदेश अध्यक्ष मोहन सिंह उपाध्यक्ष बलवीर सिंह सचिव कोषा गुरुंग वरिष्ठ सहलाकर मान बहादुर कोइराला कोषाध्यक्ष सुरजमल श्रेष्ठ महिला प्रदेश सदस्यमा लक्ष्मी बिक र प्रदेश सदस्यमा  केहर सिंह दिल बहादुर उपस्थित हुनु भएको थियो जयपुर जिला अध्यक्ष अर्जुन सुनार महा सचिव नीम लाल शर्मा  सहलाकर हीरा सिंह संगठन मंत्री    हरी प्रशाद शर्मा र सदस्य तुला राम  शांता थापा दिलीप सिंह  मुकेश बिष्ट उपस्थित रहेको थियो । 
कार्यक्रममा संस्था पदाधिकारीहरुले समाजलाई एकजुट भएर समाजको हितको लागि काम गर्न र समाजमा नेपाली सस्कृति परम्परा भेष भूषालाई चिन्नू पर्ने बताएका थिए ।