कपिलवस्तुमा बस ट्रक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु, २१ जना घाईते


बिष्णु कुमार आले
कपिलवस्तु – कपिलवस्तुमा बस ट्रक एक आपसमा ठोक्किदा मंगलबार १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि अन्य २१ जना घाईते भएका छन् । मृत्यु हुनेमा बस चालक कपिलवस्तु बाणगंगा नगरपालीका २ बस्ने २९ बर्षिय कृष्ण कुवर रहेका छन् ।
पुर्व पश्चिम सडकखण्ड अन्तर्गत कपिलवस्तुको बुद्धभुमि ९ चम्पापुरको जङगलमा बुटवल बाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक एक आपसमा ठोक्किदा गम्भिर घाईते भएका कुवरको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोररूसिङगेका प्रहरी निरिक्षक कृष्ण रानाले जानकारी दिए ।दुर्घटनामा परि कपिलवस्तु बुद्धभुमि ४ बस्ने २१ बर्षिय सुमित्रा कुमाल, बुद्धभुमि २ बस्ने ५० बर्षिय मुसे थारू , बाणगंगा नगरपालीका ८ बस्ने ४५ बर्षिय बिष्णु बन्जाडे , बुद्धभुमि नगरपालीका ४ बस्ने३६ बर्षिय साबित्रा कुवर र रूपन्देही सैनामैना ३ बस्ने ४५ बर्षिय ट्रक चालक नारायण चौधरीको चौराहा अस्पताल बुटवलमा उपचार भैरहेको छ ।
तर उनिहरूको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । अन्य घाईतेहरूको पनि बुटवल चौराहा अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय गोरूसिङगेका प्रहरी निरिक्षक कृष्ण रानाको कमान्डमा घटनास्थलमा प्रहरी टोली पुगेर उद्दार गरेको थियो ।
घटनास्थलमा स्थानियबासी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी परिचालन गरि घाईतेको उद्दार गरि उपचारका लागि बुटवल पठाईएको थियो ।
बसको क्याबिनमा बसेका र गाडीमा अड्किएका चालकको टोचन प्रयोग गरि उद्दार गरिएको थियो ।
ट्रकमा एक जना र बसमा २१ जना सवार रहेको प्रहरीको अनुमान छ ।

अन्य समाचारहरु