वीरेन्द्र केसी कान्तिपुर
रेसुंगा, गुल्मी । गुल्मीको सदरमुकामस्थित रेसुंगा नगरपालिकाका सबै विद्यालय ५ दिनका लागि बन्द गरिएको छ । नगरपालिका प्रमुख डिल्लीराज भुसालको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।
विद्यालयस्तरसम्म कोरोना फैलिन सक्ने त्रासका कारण स्कुल बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले बताए । शिक्षणसम्बन्धी सबै गतिविधि तत्कालका लागि स्थगित गरिएको उनले बताए ।
संक्रमण फैलिन नदिन स्कुल बन्द गर्नु उत्तम विकल्प भएको र ५ दिनपछि अवस्था हेरेर थप निर्णय लिने नगरपालिकाले बताएको छ ।