घरभाडा नलिने बुटवलका घरधनी शिव पोख्रेल


हरि कुँवर 
बुटवल । एस बि आर सर्जिचेम प्राईभेट लिमिटेडका संचालक तथा समाजसेवी शिव पोख्रेलले कोठा भाडा नलिने घोषणा गरेका छन् । 
कोरोना भाईरस (कोभिड–१९) बाट सबै अस्तव्यस्त भएकाे बेला बुटवल तिलाेतमा नगरपालिका-३ नगरपालिका मा रहेको घरको चैत्र महिनाको घर भाडा नलिने बताएका हुन । बुटवल -६ ज्योति पथमा व्यवसाय गर्दै आएका समाज सेवि पोख्रेलले एक वर्ष लकडाउ लम्बिने भयो भने आफूले घर भाडा नलिने बताएका छन । 
“कोरोनाले सबै क्षेत्र अस्तव्यस्त भएको यस्तो अवस्थामा प्रचारप्रसार नभएर  मानवताको निम्तिपनि मैले घर भाडा नलिने घोषणा गरेको हु ” पोख्रेलले बताए । 
पछिल्लो समय टिकटक मा भाइरल बनेका पोख्रेल ले  यस्तो अवस्थामा प्रत्येक घर धनी ले छुट गर्न समेत आफुले अनुरोध गरेका छन् । 

अन्य समाचारहरु