काेराेना महामारी विश्वव्यापी समस्या


रबि पाैडेल 
विश्व ब्यापी रुपमा काेराेनाकाे महामारीसँगै छिमेकी देश भारतमा काेराेनाकाे  कहाली लाग्दाे स्थिति पैदा भएको छ । देशभरि काेराेना का बिरामी हरु बड्दै जादा भारत मा काेभिड १९ ले धेरै बिरामी हरु काे ज्यान लिएको छ ।हस्पिटल मा बेड छैन ,सिलसन्डर अक्सिजन ,लगायत भेन्टिलेशन काे सुबिधा छैन ।दैनिक मर्ने हरुकाे सङ्ख्या मा बृद्दि हुदा मसानघाट मा लास ब्यबस्थापन गर्न धाै भइरहेको छ ।भारत काेराेना काे काेलाहल मा नराम्ररी फसेको छ ।
यस्तो महामारी का कारण भारत मा काम गर्ने लाखौं प्रवासि नेपाली मजदुर हरु पनि काेराेना सङक्रमण र मृत्यु सम्म हुन पुगेको छ ।नेपाल अाफ्नाे जन्मभुमि देखि सबैभन्दा बढि नेपाली हरुकाे जनघनत्व रहेको भारत मा विभिन्न पेसा मा नेपाली हरु कार्यरत छन ।बड्दाे काेराेना महामारीको कारण हजारौं नेपाली हरु काेराेना सङक्रमित भए का छन भने सयाै काे सङ्ख्या मा नेपाली हरुले ज्यान गुमाउनु परेको छ ।
समाचार मा अाएका केही घटननक्रम हरुला मध्यनजर गर्दा । भारत लगायत अन्य मुलुक मा रहेका नेपाली हरुकाे अबस्था यस्तो छ ।
मुम्बई , 25 अप्रिल 2021, लोकेन्द्र सेर्पाली भारतको महाराष्ट्रको नाशिकमा एक नेपालीको मृत्यु भएको छ । पश्चिम रुकुम चौरझारी नगरपालिका- 7 घर भइ भारतको महाराष्ट्रको नाशिकमा रहदै आएका दिलिप बि.क.को कोरोनाका कारण असामयिक निधन भएको छ । दिलिप विगत 35 बर्षदेखि महाराष्ट्रमा श्रीमती सहित एक छोरा र एक छोरी सहित बस्दै आएका थिए । उनको यहि अप्रिल 21 तारीखका दिन कोरोनाबाट निधन भएको थियो ।(नेसनल लाईभ )
गैरअावासिय नेपाली संघका अनुसार दाेस्राे लहरकाे काेराेना भाईरस काे कारण भारत काे दिल्ली क्षेत्र मा १० जना नेपाली र अन्य ठाउँमा गरि २० जना काे बाेराेना सङक्रमण काे कारण ज्यान गएको छ ।भने कुवेत मा २ जना र कतार मा १ जना जरि २३ जना नेपाली हरुकाे काेभिड १९ का कारण ज्यान गुमाउनु परेको छ ।
 राेजिराेटि काे समस्या का कारण बिस्वका ५४ देशमा सङक्रमित नेपाली हरुकाे सङ्ख्या ६८ हजार ५०६ पुगेको छ भने ,यसमध्ये २१ देशमा रहेका ३७२ नेपाली काे काेराेना पाेजेटिभ का कारण निधन भएको छ ।
  गत बर्ष काे मे महिना ,सेप्टेम्बर र अक्टोबर महिना मा मात्रै विभिन्न देशमा रहेका १६९ जना नेपाली हरुले काेभिड १९ काे कारण ज्यान गुमाउनु परेको थियोे ।भने सन  २०२१ काे शुरु मै अथवा अप्रिल महिना मा मात्र भारत ,कुवेत र कतार मा गरि २३ नेपाली लृ ज्यान गुमाउनु परेको तत्थ्याङ गैरअावासिय नेपाली सँग ले जनाएको छ ।
अहिलेसम्म ,भारत ,कुंवेत,कतार ,युएइ,,राेमानिया ,रुस,फिल्याण्ड,डेनमार्क ,चेकरियापब्लिक र पाेल्याण्ड मा नेपाली हरु काेराेना भाईरस काे कारण सङक्रमित भए का छन ।
मई ३ ,२०२१ का दिन डिसि नेपाल काे  सम्पन्न भारत प्रबास का विभिन्न जनबर्गिय सङगठन काे भर्चुअल कार्यक्रम का अनुसार भारत काे विभिन्न राज्य मा रहेका मजदुर नेपाली हरु दाेस्राे लहर काे काेराेना सङक्रमण का कारण करिव ६५० जना सङक्रमित हुनुभएको र करि ७५ जना मजुर नेपाली हरुले ज्यान गुमाउनु परेको दुखदायि तत्थ्याङक  अाएकाे छ ।त्यसकारण सबै क्षेत्र र नगर हरुमा सबै नेपाली हरु सचेत बनाै ।अाफु पनि बचाै र अरुलाई पनि बचाअाैं ।
  भारत मा काेराेना महामारीको कारण ज्यान गुमाउने मजदुर हरुकाे सङ्ख्या बड्दाे छ । भारत मा नेपाली हरुकाे साझा सङगठन मुल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय काेषाध्यकक्ष रुक बहादुर केसि काे काेराेना सङक्रमण काे कारण मृत्यु भएको हाे ।प्युठान ,स्वर्गद्वारी नगर पालिका बडा नं ४ गाेठिबाङग निवासि केसि काे भारत काे उत्तर प्रदेश  काे बलरामपुर काे सरकारि हस्पिटल मा उपचार कै क्रम मा मृत्यु भएको हाे ।उनी ईन्डियन ब्याङ मा कार्यरत थिए ।
२३ अप्रिल २०२१, भारत काे हरियाणा राज्यको  हिसार मा नरबहादुर खाम्चा काे काेराेना सङक्रमण का कारण मृत्यु भएको छ ।पाल्पा जिल्ला साविक काे तङगा गा.बि.स. फुरुङगदि ७ निवासी  मीन बहादुर  खाम्चा का छाेरा हुन ।दासस्कार मा मुल प्रवाह ले अभिभावकिय भुमिका पूरा गर्दै सहयोग गरेको थियो ।
त्यस्तै ४-५-२०२१ का दिन दिल्ली नजिक गुरुग्राम मा बस्दै अाएका  अर्घाखाँची मरेङ रानिचाैर का लालबहादुर थापा काे पनि काेराेना सङक्रमण का कारण मृत्यु भएको  नेपाल लाईभ टिभिले उनका भान्जा कमल नेपाली लाई उदृत गर्दै समाचार प्रसारण गरेको छ भारत सरकार काे गृहमन्त्रालय मा कार्यरत लालबहादुर थापा लाई टाइफाइड र ज्वराे अाएपछि  नाेएडा हस्पिटल मा लैजाने क्रममा मृत्यु भएको हाे ।याे घटना मा अाफन्तजनहरु ले पनि सहयोग नगरेकाे उनका भान्जा कमल नेपाली ले जनाए का छन ।मृत लालबहादुर थापाका श्रीमती ,दुई छाेरा र दुई छाेरि रहेको समाचार मा जनाइएको छ ।
त्यस्तै नयाँ दिल्ली, 6 मे 2021 भारतको हरियाणा राज्यको गुरुग्राममा कोरोनाका कारण निधन भएका एक नेपालीको आफन्तहरुको बारेमा थाहा नहुदाँ 8 दिन शव अस्पतालमा रहेको छ । कृष्ण बहादुर गुरुङ नामक युवकको कोरोना संक्रमणका कारण अस्पतालमै निधन भएको हो । उनको शव गुरुग्रामको सिभिल अस्पतालमा राखिएको छ । पुलिसले मृतक कृष्ण बहादुर गुरुङको साथबाट भेटिएको नगरिकताका आधारमा उनको पहिचान खुलाएको छ । उनको नागरिकताका अनुसार डिलबहादुर गुरुङका छोरा कृष्ण बहादुर गुरुङ 43 वर्षका थिए ।
तम्घास- ५ गुल्मी जन्मस्थान भएका कृष्ण बहादुर गुरुङको स्थायी घर चनइ – ८, कपिलबस्तु भएको नागरिकतामा उल्लेख गरिएको छ ।
  
यसरी चारत लगायत बिस्वभरि छरिएर अाफ्नाे मजदुरि ,ब्यबसाय र पढ्न गएका बिध्यार्थिहरु समेत काेराेना काे माहामारि मा परेका छन ।याे एउटा बिस्वब्यापि समस्या भएको छ ।हाम्रो देश नेपाल मा पनि दैनिक काेराेना सङक्रमित हरु काे सङ्ख्या बढिरहेको छ ।मृत्युको सङ्ख्या पनि बढ्दो छ ।अस्पताल ले बिरामी लिन मान्दैन ,अक्सिजन काे अभाव छ ,वेड काे अभाव छ ।नेपाल मा सरकारले उचित ब्यबस्थापन गर्न सकिरहेको छैन ।सरकार सत्ता खिचातानी मा ब्यस्त छ ।यस्तो अबस्थामा प्रवासि मजदु
Ravi Paudel
यस्तो अबस्थामा प्रवासि मजदुर हरुकाे समस्या नेपाल सरकारले सुन्छ भन्ने लाग्दैन ।त्यसकारण हामी जहाँ छाै सुरक्षित रहने प्रयास गराै ,हताेत्साहित हुने ,अात्तिने र एक अर्को लाई पर्दा पछि सर्ने काम नगराै ।सबै ले सबै लाई सहयोग गराै ।
मिति ०९-०५-२०२१
 दक्षिण भारत पाण्डेचरी ।