मन्त्री टाेपबहादुर रायमाझीलाई प्रदेशीको पत्र | अस्पतालमा अक्सिजन अभाव भयो


माननीय उर्जा मन्त्री टाेपबहादुर रायमाझी ज्यु 
खाडीबाट तपाईंको समर्थकको नमस्कार 
विषय: सन्दर्भ  अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन अभाव बारेमा  
माननीय ज्यु , 
मैले हजुरको  हरेक काममा हजुरको कट्टर समर्थक जस्तै भएर हजुरको बारेमा सकारात्मक कुरा मात्र प्रभाव गर्न र विपक्षीका कुरा चिर्न दिनरात लागिरहे र लाग्ने नै छु । मलाई लाग्छ जिल्लामा हजुर बराबर अरु नेता तत्कालीन अबस्थामा छैनन् । म जस्ता हजारौं हजुरका समर्थक छन् हजारौं कार्यकर्ता छन् र सबैले हजुरको सहित जिल्लाको राम्रो कामको अपेक्षा हजुरबाट गरेका छन् । 
माननीय ज्यु अब विषय बस्तु तिर लाग्न चाहे हाल बिश्व भरि देखा परेको माहामारी कोरोना सबैतिर छ हाम्रो जिल्लामा पनि दिनका दिन बिरामी थपिदै गएका छन् । कति ले त अकालमा नै ज्यान गुमाउन पुग्नु भयो यस्तो सुन्दा म खाडीमा बस्ने खाडीको लहुरेको मन रुन्छ पोल्छ तर म केही गर्न सक्दिन सक्छु त संजाल रङ्गउन मात्र  तपाई हाम्रो अभिभावकको हाम्रो नेता हो तपाईबाट हामी म जस्ता कार्यकर्ताले अपेक्षा गर्न कुरा धेरै छन् र तत्काल हो अक्सिजनको समस्या समाधान ।
माननीय ज्यु , जिल्ला रोइरहेको छ अक्सिजनको अभाव जिल्लामा भयो भनेर डाक्टरहरु हात फैलाउदै छन् लौन माननीय ज्यु हामीलाई पोल्दा तपाईलाई दुख्न पर्यो । तपाईले केही दिन अगाडि पठाएको २२ सिलिन्डर र अस्पताल र अन्य मनकारीले दिइएको सबै खाली भै सकेछ अब २ बजेबाट अस्पतालमा अक्सिजन छैन रे । यस्तो अबस्थामा धेरैले ज्यान गुमाउन सक्छन लौन अब त केही गर्नुस । जिल्लाबासीको घाउमा मलाम बन्दिनुस् ।
माननीय ज्यु , तपाईंका विपक्षी भन्दै छन्  उहाँ चरम अवसरवादी नेता हो अफ्नो फाइदाको लागि जुन हदसम्म पनि जान सक्छन् तर मलाई त्यो लाग्दैन र आज सम्म हजुरको समर्थक नै छु ।  अझ उनिहरु त भ्न्दै छ तपाई  सिलिन्डरलाई आगामी चुनावका लागि राजनीतिक भविष्य बनाउने साधन बनाउदै हुनुहुन्छ  रे के योसत्य हो त ? माननीय ज्यु अब पालो तपाइको उनिहरुका ती शब्द चिर्न केही गर्न पर्छ नत्र म पनि तपाईका विपक्षी सहि म गलत रहेछ भनेर आत्म  गलानी गर्दै बस्नु सिबाय केही हुने छैन् । 
धन्यवाद |||  
इश्वर बन्जाडे 
उहि तपाईको समर्थक 
खाडीको लाहुरे हाल दुबई 
घर  छत्रदेव ६ ठुलापोखरा, अर्घाखाँची