प्युठानको ऐरावतीमा आगलागी हुँदा ७ घर गोठ जलेर नष्ट, लाखौंको क्षति


बिष्णु कुमार आले 
प्युठान जेष्ठ २ । प्युठानको ऐरावती गाउँपालीकामा आईतबार आगोलागी हुँदा ७ घर गोठ जलेर नष्ट भएको छ ।   
ऐरावती गाउँपालीका वडा नम्बर  १ का स्थानिय श्याम बहादुर आले,बल बहादुर घर्ती,हिरा बहादुर सारू,पदम बहादुर सारू,राम बहादुर घर्ती र नुम बहादुर सारूको सात घर गोठमा आगो लागि हुँदा लाखौंको क्षति भएको छ । 
घरमा कोहि नभएको बेला श्याम आलेको घरबाट सल्केको आगोले ठूलो रूप लिएपछि घरमा भएका अन्नपात , लत्ताकपडा ,गरगहना ,नगद सहित अन्य जिन्सी सामानहरू पुर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख सुनिल मल्लले जानकारी दिए । 
घटनाको मुचुल्का गरेपछी कति क्षेति भएको हो भन्ने बारे जानकारी हुने प्रहरीले जनाएको छ । आग‍लागी बाट कुनै मानविय क्षेती भएको छैन भने श्याम आलेको आगोले डढेर एउटा राँगो मरेको छ । 

अन्य समाचारहरु