दिपेन्द्र खत्री
गुल्मी जेष्ठ १२ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) गुल्मीले जिल्लाकाे रेसुङ्गा नगरपालिका तम्घासमा रहेकाे आशा अपङ्गा केन्द्र मा सहिद कमरेड प्रज्वल स्मृति दिवसकाे अवसरमा राहत वितरण गरेको छ। संगठनले कार्यक्रम आयोजना गर्दै दैनिक उपभोक्ताले प्रयाेग गर्ने खाद्य सामग्री ५० किलो चामल र स्वास्थ्य सामाग्री मास्क स्यानिटाइजर वितरण गरेको संगठनका जिल्ला सदस्य शिव भुसालले वताए ।
गुल्मी जिल्लामा संगठनले पहिले देखीनै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी विभिन्न किसिमका काेराेना सचेतना कार्यक्रम गर्दै अाएकाे छ ।सदरमुकाम तम्घास लगायत अासपासका भेगमा काेराेना नियन्त्रण काे लागि मास्क र स्यानिटाइजर वितरण गर्दै अाएकाे छ,याे काेराेनाकाे भयवह अबस्थामा पनि जिल्लाका विद्यार्थीलाई जस्तोसुकै समस्या परे पनि सहयोग गर्ने र जनसमुदायमा राहत वितरण गर्नेगर्ने सम्म प्रतिबद्धता जनाएकाे जिल्ला सदस्य श्याम कुंवरले जानकारी दिए।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी देशमा निषेधाज्ञा जारी छ,जसका कारण कुनै मानवीय क्रियाकलाप सौहार्द रुपमा सुचारु हुन सकेको छैन् ।दिनमा काम गरेर साँझ छाक टार्ने अति विपन्न परिवारमा चुलो बोल्न छाड्दै गएको छ ।कत्तै रोगले भन्दा पनि भोकले ति विपन्न परिवारले अकालमा ज्यान गुमाउनुपर्ने त होइन भन्ने चिन्ता र भिभिर्को उब्जीएको छ । तर यता अखिल (क्रान्तिकारी) काे यस्तो कार्य देख्दा कता कता भाेकले मर्न नपर्ने आशा पलाएकाे आम नागरिकको बुझाई छ।