सत्तामा पुग्दा बोकेको विदेशीको भारी जनताको थाप्लोमा



बसन्त खड्का 
नेपालका अधिकांश राजनितिक दलहरु देशको अबस्था र  जनताको समस्या के हो ? त्यतातिर ध्यान कसैको पनि नगएको अहिलेसम्म प्रष्ट देखिदै आएको छ  । प्रायः जसो नेपालका राजनितिक दलहरु बिदेशी  शक्ति  राष्ट्रको दया र महत्वाकांक्षाको भारी बोकेर सत्तामा पुग्ने र त्यो सत्तामा पुग्नको लागी तिनिहरुले ति शक्ति राष्ट्रहरुसँग चुनाबमा भाग लिदा लिएको सापटी उनिहरुलाई बोकाएको ऋणको भारी त्यति बेला उनिहरुको टाउकोमा हुन्छ र सत्तासिन हुनासाथ ऋण पूरा गर्ने दाउमा हुन्छन् ।
जब उनिहरु सत्ताको बागडोर सम्हालेर बसेका हुन्छन् । त्यो कुर्सीमा बसिसकेपछि तिनिहरु लाई पनि  दबाब आउन थाल्छ।कसको दबाब आउछ भन्दा ति शक्तिहरुको जुन बिदेशी शक्तिहरुसँग जुन बाचा कबुल गरेर उनिहरुले सत्तामा पुग्न मद्दत मागेका थिए ।
ती मद्दत गर्नेहरुको सांवा र ब्याजको भारि पूरा गर्न सकुन्जेल उनिहरु सत्तामा रमाईरहेका हुन्छन् । तिनिहरु रमाउदै गर्दा त्यतिबेला ति बिदेशी शक्ति राष्ट्रको ध्यान पनि उनिहरु तिर केन्द्रीत हुन्छ र त्यो आफुले कबुलेको  हिसाब किताब पूरा गराउनको लागी  उनिहरुलाई दवाब पर्छ। अनि उनिहरु बाध्य भएर त्यो बोकेको ऋणको भारि तिर्नको लागि रास्ट्रका अमुल्य सम्पतिहरु यहाँ सम्मकी राष्ट्रियतानै दाउमा लगाउने काम गर्छन् । अनि उनिहरु त्यो बोकेको भारिबाट ब्यक्तिगत रुपमा  उम्किएर जनताको टाउकोमा बोकाउन थाल्छन् ।
ब्यक्तिगत इच्छा पुर्ती गर्दै देश र जनतालाइ थेग्नै नसक्ने भारी बोकाउदै सत्तामा रमाई रहेकाको केही झुण्ड भने सधै बचाउमा रहन्छ किनकी त्यो झुन्डले पनि थोरै धेरै   फाइदा लिएकै हुन्छन्  भने त्यो भारिले देश र जनतालाइ उठ्नै नसक्ने गरि थला पारिरहेको हुन्छ ।यसरी देशलाई सधै गुमराहमा राख्न खोज्दा बिस्फोट भएर बल्ल त्यो कुरा जनतालाई बहसमा परिणत हुन जान्छ। किनभने बिगत देखिका शासक हरुले गरेको यो हर्कत अहिले आएर प्रष्ट नै देखिएको छ।
अहिलेसम्मको ईतिहासले त्यो प्रमाणित गर्दै पनि आएको छ। हामी जनतालाई सधै एउटा एउटा बहसको विषय हामी माथि तेर्साएको तेर्साई छन् । किनभने त्यो उनिहरुले बोकेको भारीबाट उनिहरु त सत्ताको बागडोर सम्हालिसके पछि मुक्त हुन्छन् नै तर त्यो कहाँ आएर के को बहसको विषय बन्छ त। भन्दा   राष्ट्र  र राष्ट्रियतासँग जोडिएर आएको विषयसँग परिणत हुन जान्छ। अनि हामी जनताको ध्यान पनि त्यतैतिर छ। त्यो भन्दा फरक हामीलाई सोच्न नि दिएनन् र हामीलाई सोच्न सक्ने स्वच्छ बाताबरण पनि हामिले पाएनौ ति सत्ताको रसस्वादन चाख्दै मस्ति गर्ने शासकहरुले हामी माथि थोपरेका बहसका बिषय पनि यस्ता छन्  कि कहिले जातिय राज्यको कुरा आउछ। कहिले धार्मिक राज्यको कुरा ल्याउछन कहिले एक मधेस एक प्रदेशको आवाज उठ्छ । कहिले संघीयताको कहिले हिन्दु राज्यको कुरा आउछ। अब आएर नागरिता बिधेयकमा हामी बहस गरिरहेका छौं ।
के सधै भर हामी यस्तै बहसमा अल्झिने मात्र हो र ? पक्कै होईन अब हामी यस्ता बहसबाट मुक्त हुनको लागि जसले देश र जनताको पक्षमा निरन्तर संघर्ष गर्दै जनतालाई उनिहरुका गलत क्रियाकलापका बिरुद्धमा एकजुट पार्दै आएको छ। त्यस्तो पार्टीलाई हामीहरुले निस्वार्थ आफ्नो मत प्रयोग गरेर अबको आउने चुनाबमा धेरै भन्दा धेरै मत दिएर सत्तामा पुराउन सक्यौं भने अबस्य पनि ति पार्टीले बोकेका भारीको बहसबाट मुक्त हुने छौं । नत्र सधै यस्तै बहस गर्दा गर्दै हाम्रो देश कुनै दिन छिमेकीको आश्रय  लिएर बस्न बाध्य यि पार्टीले नै पार्ने छन् ।
लेखक युवक संघका जिल्ला  कोषाध्यक्ष हुन् ।