आक्रमणको विरुद्धमा आन्दोलनमा उत्रिए स्वास्थ्यकर्मी

कुलेन्द्र बि.क.                                                                      अर्घाखाँची डटकम संवाद दाता                                              (बांके)     नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्स माथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङ स्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गरेका थिए ।

उनीहरुको आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तला बाट हाम फालेर ज्यान जोगाएका थिए ।
आफ्नो ज्यानको बाजी लगाएर कोभिड विरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको बिरोधमा नर्सिङ संघ बाँकेले अस्पताल परिसर मै प्रदर्शन सुरु गरेको छ ।
यसअघि एक विज्ञप्ती जारी गर्दै संघका बाँके अध्यक्ष लक्ष्मी केसी ओलीले बिरामीको सेवामा निस्वार्थ भावले अनवरत लागी रहेका चिकित्सक, नर्सिङकर्मी र आम स्वास्थ्यकर्मी माथि भएको सांघातिक अपराधजन्य घोर निकृस्ट घटनाको घोर भत्सर्ना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको बताइन । निरन्तर श्रृंखलाबद्ध ढंगले शक्तिको आडमा वा अन्य समुहबाट हुने यस्ता अपराधजन्य प्रवृत्तिका घटनामा संलग्न दोषि ब्यक्ति वा समुहलाई अबिलम्ब नियन्त्रणमा लिइ कडाभन्दा कडा कारबाही गर्न र आगामी दिनमा शान्तिपुर्ण वातावरणमा निर्भीकताका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण मिलाउन नर्सिङ संघ बाँकेले माग समेत गरेको छ ।
कोभिड संक्रमित दाङका डिल्ली रावतको उपचारका क्रममा विहीबार राती ८ बजे मृत्यु भएको थियो । विरामीका आफन्तहरुले चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । त्यही आक्रोसमा उनीहरुले आइसीयूमा प्रवेशगरी तोडफोड गर्ने देखि स्वास्थ्यकर्मी माथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।

घटनाको छानविन गर्न स्थानीय प्रशासनले मध्यराती साहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनाएको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका तीनजना मध्ये दुईजना डिल्लीका छोरा र एकजना भाइ रहेको खुलेको छ ।                                                            

अन्य समाचारहरु