स्वार्थमा रमाउने नेतृत्वका कारण गणतन्त्रको अनुभूति भएन्


केशब राज ज्ञवाली 
देशमा गणतन्त्रको स्थापना भएको चौध बर्ष बितिसक्यो तर देश र जनताको जिवनस्तर उस्ताको उस्तै छ । जनताले गणतन्त्रको के ? कसरी ? कति ?महशुस  गरे  त्यसको लेखाजोखा छैन । 
नाममात्रको गणतन्त्र फरक यत्ती राजाको ठाउँमा राष्ट्रपती , एउटा राजाको सट्टा हजारौं भुरे नवराजाहरु , शासकहरु अझै बढी भ्रष्ट र सत्तालिप्त हुँदाहुँदै  पनि गणतन्त्र दिवसको शुभकामना सामाजिक संजालमा ब्याप्त छन । अहिले देशमा जननिर्वाचित  संसद छैन जननिर्वाचित संस्था माथी प्रहार गरिएको छ । राजनितिक दलका विवाद र  महत्वाकांक्षाका कारण गणतन्त्रको प्रतीक राष्ट्रपति संस्था पनि चरम आलोचित र विवादित बनेको अबस्था छ । 
 देश महामारिको चंगुलमा फसेको बेला अक्सिजन र उपचार नपाएर मृत्युशैयामा छटपटाइरहेकाहरुलाइ र उनिहरुका आफन्तलाइ जुनसुकै दिवसपनि कागलाइ बेल पाक्यो हर्ष न बिस्मात जस्तै हुन । बर्तमान राजनितिक दलहरुको अकर्मण्यताका कारण बिद्यमान शासन ब्यबस्था प्रतीनै जनताको निराशा बढ्दो देखिन्छ । 
हुनत बहुदलिय संसदिय गणतान्त्रिक ब्यबस्था अहिले बिश्वमा नै उत्कृष्ट ब्यबस्था मानिन्छ । तर यहाँका राजनितिक दल र नेतृत्वका अकर्मण्यताका कारण श्रमजिवी जनताहरु जुनसुकै ब्यबस्था भएपनि निराश हुनु स्वाभाविक को । देश र जनताको मुख्य जिम्मेवारी बोकेर सत्तामा पुग्नेहरुले आफ्नो दायित्व पूरा नगरी विलासमा रमाउदा देशको स्तर कहिल्यै माथी उठ्न सकेन ।
अझ बर्तमान अबस्थामा त महामारी यथावत छ , बर्षातको समय सुरु हुदैछ । महामारिको अलावा बाढी पहिरोको जोखिम पनि स्वाभाविकरुपमा  बढ्दै जाने छ । तर यी र यस्ता समस्याहरुको दीर्घकालीन समाधानको पहल भएको देखिदैन । क्षणिक राहत र उद्दारको नाममा प्रचारबाजी बाहेक ठोस समाधान अहिले सम्ममा नेतृत्वहरुले गरेको देखिएको छैन ।
देश र जनताका समस्या जे जति भएपनी पार्टी भित्रको   विवाद थेग्न नसकेर  ओलीद्वारा पुष ५ मा संसद बिघटन गरियो तर देशभरी व्यापक बिरोध सहित  सम्मानित अदालतको फैसलाले संसद ब्युताइदिए पछि पनि फेरि सत्ता टिकाउने खेल मात्रै देखियो । सहमती , बहुमत , ठूलो दल  हुँदै विभिन्न प्रक्रियामा सरकार गठनका प्रक्रिया चालू रहदा अन्तिम अबस्थामा आफू र आफ्नो सरकार ढल्ने देखे पछि फेरि प्रधानमन्त्री ओलिले संसदमाथी पुन आक्रमण गरे र दोस्रो पटक भंग गराएका छन । 
ओलीले बारम्बार सार्वभौम संस्थामाथी प्रहार गरिरहदा सम्मानित राष्ट्रपती भने रवर स्ट्याम्प भएको आलोचना भयो । यहासम्मकी प्रधानमन्त्रीको लागि दावी बोलाएर आएको दावी उपर सल्लाह छलफल गर्दैनगरी मन्त्री परिषदको सिफारिसमा पुन संसद बिघटनको घोषणा गरियो ।  बर्तमान राष्ट्रपतिका यी र यस्ता कार्यले सिंगो संस्थाको गरिमामाप्रती बिश्वास घटाएका छ्न् ।
कुनै एक पात्र खराब हुदैमा सिंगो ब्यबस्था र पद्धति खराब हुदैन त्यसैले जनताको सार्वभौम शक्ति जनतामानै निहित रहेको महशुस गराउन , यो ब्यबस्था र नेतृत्व जनताको लागि हो भन्ने महशुस गराउन सक्ने नेतृत्व  आजको आबस्यकता हो ।
ब्यबस्थाको दुरुपयोग हर्दै सत्तालिप्सा  भित्र रमाइरहने भाइरसहरुलाइ जरै बाट उखेलेर फ्याक्दै जनताका आधारभुत आबस्यकता पूरा गर्न  सके मात्र बल्ल गणतन्त्र आएको महशुस जनताले गर्ने छन ।
सार्वभौम संसद घाइते छ , सम्मानित राष्ट्रपति विवादमै छिन आगामी दिनहरुमा यी र यस्ता निराशापुर्ण कार्य हरु बाट मुक्त हुँदै देश र जनतालाइ समृद्धिको बाटो तर्फ यो गणतान्त्रिक ब्यबस्थाले डोर्याउन सकोस ।
सबै क्षेत्रको उचित बिकास र समृद्धिको लागि प्रेस जगतको महत्त्वपूर्ण भुमिका रहन्छ तर केही समय यता ओलि सरकारले यो वा त्यो बहानामा स्वतन्त्र प्रेस माथी धावा बोलिरहेको देखिन्छ  । त्यस्ता कार्यहरुलाइ पनि निरुत्साहित गर्न जरुरी छ । स्वतन्त्र प्रेस र यथार्थ , सकारात्मक पत्रकारिताको बिकासमा पनि यो गणतन्त्र दिवसले टेवा पुर्याउन सकोस ।फेरि  पनि गणतन्त्र दिवसको हार्दिक शुभकामना ।