मैले चिनेका उज्ज्वल दाई


सागर बेल्बासे
उज्ज्वल थापालाई म २०७१ साल देखि चिन्छु। राजनिती नबुझ्ने म युवा उज्ज्वल दाईकाे नाम २०६९ सालमै नेपालका चर्चित मिडियामा बेलाबेलामा सुन्ने गर्थे। तर त्यति चासो चाहिँ राख्ने थिईन।तर अनाैठाे नाम थियो विवेकशील नेपाली म आफैमा भित्र भित्र साेच्ने गर्थें कस्तो नाम हाेला विवेकशील नेपाली। गाउँमा हुर्केको म सानै उमेरमा त्येति सामाजिक संजाल चलाउने भन्ने चाहि थिएन। तर देश विदेशका खबर चाहिँ नछुटाई सुन्थे हरेक दिन  उज्यालो नाईन्टि नेटवर्ककाे  कायाकैरन र साझ ८ बजेको नेपाल खबर चाहिँ नछुटाई सुन्थे।
एकपटक नेपाल खबरमा नेपाल बन्द थियो दिनभरका खबर अपडेट सुन्ने बेलामा नेपाल बन्दकाे बिराेध गर्दै नेपाल खुल्ला छ भन्दै विवेकशील नेपालीको सडकमा प्लेकार्ड बाेकेर सडक प्रर्दशन भन्दा झन मनमा खुल्दुली रह्याे कस्तो खालको आन्दोलन प्लेकार्ड बाेकेर नि आन्दोलन हुने रहेछ। विवेकशील नेपाली के रहेछ भनेर गुगल सर्च गरे नाम आयाे उज्ज्वल थापा, गाेविन्द नारायण , पुकार बमहरुकाे अनि बिस्तारै फलाे गर्दै गए। विवेकशील नेपालिकाे गतिविधि हेर्दै सुन्दै थिए।  नेपाल खुल्ला छ, नेपाल हाम्रो घर हाे डेरा हैन , नाेट चल्ने भाेट नचल्ने जस्ता अभियान निकै मन पर्याे ।
अनि मलाई नि विवेकशील नेपालीमा आवद्ध हुन भित्रै देखि मन लाग्यो। उज्ज्वल दाईकाे फेसबुक पेेजमा उहाको नम्बर भेटे अनि सम्पर्क गरे दाइ नमस्ते , तपाईंहरुकाे नाम धेरै सुने अनि पढे पनि तपाईंहरुकाे देश बनाउने अभियानमा म पनि लाग्छु मलाई लुम्बिनी अंचलका साथीहरु सगँ सम्पर्क गराई दिनुस् न भने उहाँले सम्पर्क नम्बर दिनुभाे, बुटवलका बिष्नु रेग्मी भेषराज आचार्यहरुकाे उहाँहरुलाई सम्पर्क गरे । अनि उहाँहरु सगँ सम्पर्कमा रहिरहे।
 
भूकम्पमा होस् वा माईतीघरमा होस्, महिला हिंसा विरुद्धको अभियानमा हाेस् नेपाल खुल्ला छ, बन्दले देश बन्दैन, नेपाल हाम्रो घर हाे डेरा हैन, विदेशिएका युवाहरुकाे नाेट चल्ने भाेट नचल्ने, सेवक सरकार उद्दमशिल समाज यस्ता देश बनाउने बाटो देखाउने उज्ज्वल दाई आज सबैकाे मन मस्तिष्कमा हुनुहुन्छ ।
उज्ज्वल दाइ हेर्दा पनि अरु भन्दा अल्लि फरक उहाको टाउकोमा कपाल चाहिँ कहिल्यै देखिन बाेके दारि सधै राख्नु हुन्थ्यो  । हेर्दा पनि साच्चै विवेकशील नेपाली जस्तो समाजलाई उद्यमशील बनाउँने, सरकारलाई जनताको सेवक बनाउँने, एक दिगो (उत्पादनमुखी) अर्थतन्त्र बनाउने हितकारी राज्यको परिकल्पनालाई साकार गर्न पर्याप्त सिर्जनशील, नवीन समाधान खोज्न सक्ने उर्जाशील, उदार, लोकतन्त्रवादी नेतृत्वकर्मि उज्ज्वल दाई। आज बिरामी हुनुुहुन्छ।
उज्ज्वल दाइ आज देश बिरामि भैरहेको छ। देश बासिले दाईकाे सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्। विदेशी भुमिमा पसिना बगाउदै युवाहरुले उज्ज्वल दाईकाे स्वास्थ्य लाभको कामना गर्दै ज्याेति बत्ती बालि रहेका छन्। उज्ज्वल दाइ कुनै मन्त्री हैनन् तर पनि उज्ज्वल दाईकाे स्वास्थ्य लाभको कामना गर्ने जमात ठुलो छ। असभ्य राजनितीलाई सभ्य बनाईदिने उज्ज्वल दाइ प्रतिकाे नेपालीले गरेको अनाैठाे माया सद्भाव भगवान् सुईकारि उज्ज्वल दाईलाई अवश्य उठाउने छन्।पशुपति नाथ पाथिभरामाता सम्पूर्ण देवदवताकाे कृपा आशिर्वादले उज्ज्वल दाईकाे स्वास्थ्य छिट्टै सुधार आउनेछ कामना गर्दछु ।