तिमीलाई जन्मदिनको कोशेली – केही शब्द रुपी गुच्छाहरु


सुभाष ज्ञवाली 
अर्घाखाँची 
कुनै समय म आमासँग  तोरी पेल्न खर्ज्याङ्ग जादा एकजना ब्यक्तिले मलाई देख्नासाथ तपाईहरु तिन भाइ हो भनेर सोधेपछि म आफैमा अचम्म परे कसरि उहालाई थाहा भयो भनेर ? उहाले भन्दै जानुभयो अन्य अन्य कुरापनि सबै मिल्दै गएर म अचम्मित परे अनि उहाले भन्नु भयो मलाई तपाई सार्है भाग्यमानी हुनुहुन्छ तपाईंले सोचेका सबै कुरा पुग्दै जान्छन ।
 जिबनमा कति धेरै उतारचढाव आए अहिले सबै खोल्ने अबस्थामा छैन म तर म कहिले पनि समस्या बाट भाग्न चाहिन । कति आफनै कमजोरी रहे कति समय ले साथ दिएन त्यो आगामी दिनमा समिक्षा गरौला तर जुन दिन तिमि मेरि भयौ त्यस दिन पछि मैले पछाडी फर्किएर हेर्नुपरेको छैन यसको अर्थ म आज जहा छु त्यहा तिमि बाहेक कसैको हात छैन भने भने अन्य सम्पूर्ण प्रति अन्याय हुन जान्छ । यदि अरु सबै परिबार , साथीहरू तथा समाज जति गतिलो भएपनि जिबनसाथि गलत पर्यो भने उसको जिबन असल बन्न सक्दैन । बिहे गर्ने बेलामा ५२ केजी को मेरो शरीरमा आज ७२ केजी पुगेको छ यसमा अन्य पक्षको ५० प्रतिशात हात हुदा अरु ५० प्रतिशात को हिस्सेदार तिमि नै हो । कति ब्यक्ति बिहे अगाडी सामाजिक गतिविधिमा सामेल हुने र पब्लिक रिलेसन हुनेहरू आज बिहे पस्चात अर्ध भुमिगत जस्तो भएर बसेका छन तर म तिम्रो आगमन पछि आफ्नो सामर्थ्य ले साथ दिए सम्म सामाजिक गतिविधिमा सामेल हुने गरेको छु र तिमी पनि म सङ्ग साझेदारी गरिराखेकै छौ । 
मलाइ मेरो बिहे अघि केही ब्यक्ति हरुले अहिले बिहे अगाडी गरेका सैद्धान्तिक कुरा जस्तै हुदैनन् भनेको आझ पनि मेरो मानसिकतामा घुमिरहेका छन आज तपाईंलाई भन्न मात्रै हैन श्रीमान श्रीमति को सम्बन्ध कस्तो हुन्छ आज देखाउन सक्ने अबस्थामा पुगेको छु । आगामी दिनमा पनि हाम्रो सम्बन्ध अझै प्रगाढ बनाउने बचनबद्दता समेत व्यक्त गर्न चाहान्छु । 
कुनै समय तोरि पेल्न जादा भनेको उहाँ ब्यक्तिले मलाई के आधारमा श्रीमती को कारण तपाई भाग्यमानी हुनुहुन्छ भनेर भन्न सक्नुभयो आज पनि त्यही कुरा मनमा खेलिरहेका हुन्छन । 
बिहे गर्नु अगाडी कहिलेकाही मनमनै सोच्ने गर्थे मैले बिहे गरेर ल्याउने श्रीमती मलाई आफै खुवाउने परोस मैले भनेका सबै कुरामा सहमति जनाओस मलाई अझै अगाडी बढन प्रेरणा दिओस यस्तै यस्तै सोच्ने गर्थे तर अरुका श्रीमान् श्रीमती का व्यबहार देख्दा मैले सोचे जस्तो सम्भावना छैन भनेर मन बुझाउथे तर भगवानले मैले मनमनै सोचेका कुरा सायद सुन्नुभएछ होला त्यसैले मैले सोचे र कल्पना गरेभन्दा बढी असल श्रीमती पाए । 
आज मलाई बाहिर बाट अत्यधिक थकाइ लागेर खान मन नलागेर त्यत्तिकै सुत्न खोज्दा काखमा राखेर खाना खुवाएर सुताउछिन । म आफै ले लगाएका कपडा समेत नधुने मानिस आज आफ्ना कपडा फोहोर भएका र नभएका छुट्टाउन नसक्ने भएको छु तिम्रो साबधानी ले गर्दा । कहिलेकाही लाग्छ मेरो कारण तिमी धेरै दुख पाएकी छौ भन्न मन लाग्छ तर सोच्छु तिमी भौतिक रुपमा दुख पाए पनि मलाई आफ्नो छोरा जस्तै गरि स्याहार गर्दा तिमिलाइ दुख भन्दा बढी सन्तोष मिलेको छ भन्ने अनुभुती गरेको छु । तिम्रो हाम्रो सम्बन्ध ले समाजमा चुनौती दिन मन लागेको छ श्रीमान् श्रीमती भए पछि झगडा गर्नै पर्छ भन्ने मुल्यमान्यता तोडनु पर्छ । 
तिमिलाइ पनि लाग्दो हो आफ्ना सहपाठी हरुले लगाएका गहनाहरु देख्दा आफुले पनि लगाउन पाए हुन्थ्यो कहिलेकाही बजारमा राम्रा राम्रा कपडा देख्दा लगाउन मन लाग्छ होला , मिठो मिठो खान पाए हुन्थ्यो भन्ने लाग्छ होला  तर अह  अहिलेसम्म तिमिले मलाइ यो चाहियो वा यसो भएन भनेर तिम्रो मुख बाट यस्तो सुन्न पाएको छैन जे छ त्यसैअनुरूप सन्तोष लिएकी छौ । कहिलेकाही सोच्ने गर्छु म पनि श्रीमती लाई संसारकै खुशी दिन सकु भनेर अनि एकैछिनमा फेरि सोच्न पुग्छु के म श्रीमतीलाई भौतिक चिजले खुशी दिन सकुलार अनि आफ्नै मन सम्हाल्दै पुनः बिचार गर्छु पैसा वा धन सम्पत्ति ले पारिवारिक खुशी र सुखी मिल्ने भए आज बिल गेटस जस्ता धनी ब्यक्ति हरुको सम्बन्ध बिच्छेद हुने थिएन त्यसैले भन्न मन लाग्छ आज तिमिलाइ संसार कै खुशी र सुख दिन सकेको छु भौतिक रुपमा धन र सम्पत्ति दिन नसके पनि ।
अनि सोच्ने गर्छु त्यतिबेला उहाले सायद हाम्रो सम्बन्ध यति मजबुत हुन्छ भन्ने थाहा भएरै होला मलाई सबैभन्दा भाग्यमानी मानिस भनेको जस्तो लाग्छ । 
आज तिम्रो जन्मदिन म तिमिलाइ केही दिन सक्दिन किनकी यो ज्यान नै तिम्रो हो मात्र यत्ति भन्न मन छ मेरो कारण तिमिले कहिले समाज सामु शिर झुकाउन नपरोस् असिम सुभकामना प्यारी जन्मदिनको कोसेली स्वरुप यी अनगिन्ती शब्दावली का गुच्छाहरु निरु  ।।।।।।।