अर्घाखाँचीडट्कम संवाददाता
बहराइन (अर्घाखाँचीडट्कम) । नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मञ्च बहराइनले कोभिड १९ महामारीका लागि १ लाख ३ हजार १८ रुपैयाँ सहयोग गरेको छ ।
कोभिड १९ महामारी विरुद्ध चलाइरहेको अभियानमा एक्यवद्धता जनाउदै पहिलो नेपाली जनप्रगतिशिल मञ्च बहराइनले कोभिड १९ महामारीका लागि १ लाख ३ हजार १८ रुपैयाँ सहयोग पठाएको हो ।
नेपाली जनप्रगतिशिल मञ्च बहराइनले भनेको छ; संगठनका सदस्य एवम् शुभचिन्तक, समाजसेवीहरुको सहयोगमा कोभिडको यो अबस्थामा मातृभुमिलाई केहि राहत पुर्याउने हिसाबले नेपाली जनप्रगतिशिल मञ्च बहराइन सङ्ठनले नेकपा माओवादी केन्द्रिय सदस्यीय एवम् अन्तर्राष्ट्रिय प्रवास सामान्य समितिका अध्यक्ष युबराज चौलागाईंको खातामा पहिलो लटमा १ लाख ३ हजार १८ रुपैयाँ पठाइएको छ ।
साथै उक्त रकम नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्रले कोभिड १९ महामारी विरुद्ध चलाइरहेको अभियानबाट आम पीडितहरुलाइ राहात पुर्याउनुहुने छ भन्ने बिश्वास लिएको पनि अध्यक्ष युबराज के सी र सचीव कमल घिमिरेले बताए ।