खनदह बजारका किराना पसलहरुले मूल्यसूची नै नराखी सामग्री बिक्री वितरण गर्दै


सागर महत
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको खनदह बजारमा अधिकांश किराना पसलहरुले मूल्यसूची नै नराखी दैनिक उपभोग्य सामग्री बिक्री वितरण गरेको भेटिएको छ । 
यस्तै तेल,चिनी ,नुन लगायतका दैनिक उपभोग्य वस्तुका मुल्यमा क्रमश तेलमा २ सय ८० रुपैयाँ लिटर,चिनी ९५ देखि १ सय रुपैयाँ केजी र नुन २० रुपँया केजी पर्ने लाइ ३० रुपैयाँ केजीमा बेच्ने गरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशव सुनारले जानकारी दिनुभयो।
अनुगमन टोली गएको थाहा पाएपछि अधिकांश पसल बन्द गरेकोले सोहि क्षेत्रमा पुन अनुगमन गरेर बजार मुल्य भन्दा बढीमा सामान बिक्री गर्नेलाई कानुनी कार्बाही गरिने कार्यालय प्रमुख सुनारले जानकारी दिनुभयो । जिल्लास्तरीय अनुगमन टोली र मालारानी गाउँपालिकाको समन्वयमा अनुगमन गरिएको हो ।
अनुगमनमा मालारानी गाउँपालिका कि उपाध्यक्ष प्रमिला क्षेत्री,घरेलु तथा साना उद्योग कार्यलयका कार्यलय प्रमुख केशव सुनार, लक्ष्मी प्रसाद दाहाल, जिल्ला प्रशासनका नाराण प्रसाद दमासे, मालारानी गाउँपालिको कर्मचारी तर्फ बाट पशुपति चुदाँली लगायतको टोली बाट बजार अनुगमन गरिएको हो ।

अन्य समाचारहरु