ब्यापार घाटा घटाउन चुरे पहाड लिलाममा बेचेर हुँदैन, कृषि क्रान्ति गर्नुपर्छ


दिपेन्द्र पौडेल 
 चुरे पहाड बेचेर ब्यापार घाट घटाउनु भनेको  बस्तीमा आगो लगाएर खरानी  बेच्नु हो यस्तो सरकार को नीति ले देश समृद्धि होइन  कंगाल बन्छ ।
 
देशमा कृषि  क्रान्तिको आबस्यकता छ ।  नेपाल एक कृषि प्रदान देश भनेर विश्वमा चिनिएता पनि नेपाललाई आवश्यक पर्ने खाद्यान्न तथा फलफूल तरकारी सामाग्रीहरु सबै छिमेकी मुलुक बाट आयात गर्नु परेको छ । जसबाट नेपालले धेरै रकम बाहिरी मुलुकलाई बुझाउनु परेको छ ।
नेपालमा गरिने कृषि प्रणालीले कुनै राम्रो रुपमा उत्पादन गर्न सकिरहेको छैन् । किनकि यहाँ मल बीउ बिजनको अभाव भईरहेको र कृषि समन्धि राम्रो ज्ञान दिन सरकारले कुनै ठोस कदम नचालेको प्राविधिक हरुकाे पनि कमि भएको हुनेले यहाँ  उत्पादन कम हुन गएको  हुनसक्ने र माटोको उर्वरा शक्ति पनि कम हुँदै जानाले यस्तो अबस्था सिर्जना हुन लागेको छ ।जसमा यहाँ उत्पादन भएका चिजहरुले पनि बजार पाईरहेका छैनन् ।  जसमा  यातायातको समस्या देखि लिईएर विचौलियाहरुको मिलेमतोमा यस्तो हुन गएको हुन सक्छ । 
अबको मुख्य समस्या भनेको भोकमरी समस्या हो  जसलाई कम गर्नको लागि नेपालमा बढि मात्रामा उत्पादन गर्नको लागि  कृषि समन्धि राम्रो ज्ञान दिन एकदम जरुरी भैसकेको छ । कृषिमा आधुनिकरण गरि उत्पादन गर्ने हो भने नेपालबाट बर्सेनि लाखौं युवाहरु रोजगारिको सिलसिलामा विदेशीन बाध्य छन उनिहरुलाई नेपालमै रोजगार दिएर आफ्नै देशको विकास निर्माण गर्नमा टेवा पुग्नुको साथ साथै  आत्म निर्भर पनि हुने थियो । 
यसो गर्दा बेरोजगारी समस्या समाधान सँगै  अब हुने भोकमरी समस्या समाधान पनि हुने थियो । त्यसकारण कृषिमा आधुनिकीकरण गर्नु आजको प्रमुख  आवश्यकता देखिएको छ ।