गुल्मीको बाँझकटेरीमा ट्रकमा ओट लगाउने क्रममा सहचालकको मृत्यु


अर्घाखाँचीडट्कम संवाददाता 

गुल्मी । गुल्मीमा ट्रकमा ओट लगाउने क्रममा सहचालक काे मृत्यु भएको छ। जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर २ बाँझकटेरीस्थित पञ्चपोखरी भन्ने स्थानमा ट्रकमा ओट लगाउने क्रममा मृत्यु भएको हाे ।
मृत्यु हुनेमा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमाले घर भएका २० वर्षीय गगन घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार बिहान ट्रक राेक्ने क्रममा सहचालककाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जनाकारि दिनु भयाे।ट्रक चालक लाई नियन्त्रणमा लिएको छ।

अन्य समाचारहरु