पर्यटन साँस्कृतिक र कृषिको धनी मेरो अर्घाखाँची

काशीराम घिमिरे 
पाणिनी -४ पटौटी अर्घाखाँची
हरेक ठाउँले र क्षेत्रले कुनैन कुनै एउटा विशेषता बोकेको हुन्छ । केहिन केहि फरकठाँउ अनुसार पाउन सकिन्छ। त्यसअन्तर्गत पनि विभिन्न प्रचार प्रसारको कमिको कारणले सबै माझ थाहा नहुन सक्छ अब हाम्रो जिल्लालाई  जिल्लामा मात्र सिमित नराखिदेश भर वा नेपाल् भर नै यहाँको सास्कृतिक ठाँउ र पर्यटकीय ठाँउको बारेमा चिनाउनु पर्छ। 
पश्चिम नेपालको लुम्बिनी अञ्चल अन्तर्गत पहाडी जिल्ला पर्ने अर्घाखाँची एउटा पश्चिम् अञ्चलको मात्र नभई समग्र देशको नै राम्रो जिल्लामा पर्दछ।  यो जिल्ला लुम्बिनी ,रुपन्देही ,पाल्पा ,गुल्मी र प्युठान को बीचमा पर्छ !हाम्रो देशमा कृषि र पर्यटनको संभावनाहरु धेरै क्षेत्रपर्छ यो अन्तर्गत  अर्घाखाँची पनि एक हो!विभिन्न मठ् मन्दिर धर्मिक ठाउँहरुको पनि राम्रो स्थान रहेको अर्घाखाँची आगामी दिनमा यसको झन सम्भावन छ । 
पर्यटन र सास्कृतिक:

अर्घाखाँचीमा मठ मन्दिर र पर्यटनको लागि एउटा आकर्षकको जिल्ला रहेको छ । यस अन्तरगत सुपा देउराली मन्दिर ,अर्घादेबी को मन्दिर ,पाणिनी तपभुमी ,खिदिमका मालिका,मैदान स्थित मालिका ,कालिकाठी मन्दिर , सत्तले गुफा,ठाडा दह ,बलकोट स्थित पौवा,सितगङा झरनाहरु धेरै पर्दछ्न। 
अहिलेको अबस्थामा हेर्दा यसको प्रचार, प्रसार गरेमा पर्यटन र सास्कृतिक ठाउँको राम्रो चिनारी हुने र उक्त क्षेत्र को बिकास हुन्छ!बाटोघाटो को बिकास राम्रो रहेको हुँदा यो ठाउँमा जाँदा यातायातको समस्या छैन ,कपिलवस्तु,सालझान्डी ,पाल्पाहुँदै पनि यो ठाउँमा पुग्न सकिन्छ !लुम्बिनीमा गएका पर्यटक हरुलाइ हाम्रो अर्घाखाँचीको यो पर्यटकिय अबस्था बारे थाहा भएमा त्यहाबाट अलिकती माथी निस्कन र घुम्न ,दर्शन गर्न जान धेरै त्यति लागत पनि लाग्दैन !यसको राम्रो बिकास गरि आन्तरिक तथा बाहक रुपमा पर्यटक आकर्षण गर्न सकेमा स्वदेशी तथा बिदेशी मुद्रा प्राप्त गर्न सकिने जिल्लाको पनि बिकास निर्माणमा ठूलो सहयोग पुग्ने गर्छ । 
पाणिनी गाँउपालिका-१ सिम्लेको सुन्तला खेती । फोटो: फेसबूकबाट 
कृषि
 
कृषी हाम्रो अर्घाखाँचीमा निकै राम्रो जिल्लामा पर्छ !यश अन्तर्गत अन्नबालिमा खेतका फाँटहरु पनि धेरै रहेका छ्न ,मुख्या फाँटहरुमा सन्दिखर्क ,सेवलपानी सिङ्दी डुर्गाफाट आदि धेरै फाँटहरु रहेका छ्न !प्रमुख बालीहरु धान मकै गहुँ तोरिहुन मकै धान मकैबालीहरुको लागि यो राम्रो उर्बर ठाँउमा पर्छ !यसअन्तर्गत आघुनिक कृषि प्रणालीको लागू गरेमा र नयाँ बीउ कृषि औजारको प्रयोग भएमा यहाँ आधुनिक कृषि प्रणालीमा यसको उर्बर बढाउन सकिन्छ!जसले गर्दा हाम्रो जिल्ला खाद्यान्नमा आत्मनिर्भर भइ खाद्यान्न बाहिर निर्यात सम्म गर्न सकिन्छ। 
कृषी नगदे बाली अन्तर्गत फलफूल ,तरकारी खेती ,पशु पालन रहेको छ! यो ठाउँमा सुन्तला खेती , मौसम, इलैची ,अधुवा बेसार ,कफि खेती हरु र तरकारी खेती कुखुरा बाख्रा हरु लागायत अन्य पशुपालन र दुग्ध डेरिको राम्रो बिकास भएको पाइन्छ!बिगतका बर्समा पनि प्राय सुन्तला खेती बाट लाखौंका सुन्तला हरु हाम्रो जिल्लाबाट निर्यात; गरेको पाइन्छ !जसले गर्दा यसबाट राम्रो नगद आम्दानी भएको छ !सुन्तला अर्घाखाँचीमा प्राय सबै ठाँउमा हुने हुँदा यसका नयाँ नयाँ जातका बोट बिरुवा हरु ल्याइ उत्पादन बढाउन सकिन्छ !यसखेती तर्फ अझै आकर्षण गर्न र अन्यलाई प्रोत्साहित भएको पाइन्छ । 
यहाँका फलफूलमा केरा स्याउ पनि पर्दछ्न!नयाँ पुस्ता अहिलेको यो अबस्थामा पशु तथाआधुनिक कृषि खेतिमा बढीआक्रर्शित भएको पाइन्छ!प्राय भारत र खाडीबाट फर्किएर यहाँका युवा शक्ति अहिले यो आधुनिक कृषि प्रणालीमाआकर्षक भएका छ्न उनी गरु यसबाट मिहिनेत अनुसार राम्दानी पनि राम्रो गरेका छ्न स्वदेशमै बसेर यो खेतीपाती बाट राम्रो आम्दानीको श्रोत यो कृषि क्षेत्ररहेको छ!यहाँबाट उत्पादित बस्तुहरुकेही जिल्ला भित्रै र केही नजिकैको ठाँउ कपिलवस्तु,रुपन्देहीमाको बजारमा लगि बेच्न सकिन्छ । 
अर्घाखाँचीमा साँस्कृतीबिद हरु नेतागणहरु धेरै हुनुहुन्छ जसले गर्दा यो ठाँउमा आगामी दिनमा विभिन्न पर्यटन र साँस्कृतिक ठाउँको खोजी र राम्रो सग प्रचार ,प्रसार गरेमा यसको बिस्तार गरेमा हाम्रो जिल्ला लगायत देशमा पनि यसको राम्रो बिकास हुने र बिकास सगै रोजगारी पनि बढ्छ!अर्को कुरा कृषिमा नयाँ युवा शक्ति आक्रसण गरेमा राम्रो नगद आम्दानी हुने र रोजगारी बढ्ने बेरोजगार घट्ने र उक्त उत्पादित बस्तुहरुको बजार ग्यारेन्टी सम्बन्धित निकयले गरेमा यो कृषि  प्रणालीमा युवासक्ती अझ मिहिनेत र लागानी गर्न तयारी देझिन्छ । 
त्यसैले अर्घाखाँचीलाई चिनाउन पर्यटन र सास्कृतीक ठाउँको चिनारी प्रचार आजैदेखी सबैजना लागौ जुटौं । नयाँ आधुनिक कृषीमा युवालाई प्रत्साहित गरौं। अन्यक्षेत्र भन्दा कृषिमा गरौं युवालाई बिदेस जानवाट रोकौँ सबभन्दा छिटो प्रतिफल प्राप्त हुने कृषिमै लगानी बढाऔ ।