लुम्बिनी प्रदेश सरकारले पत्रकार र मिमियामैत्री कार्यक्रमको लागि बजेट विनियोजन गर्‍यो


प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ।  लुम्बिनी प्रदेश सरकारले पत्रकार र मिमियामैत्री कार्यक्रमको लागि बजेट विनियोजन गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नेपाल पत्रकार महासंघसंग भएको छलफल तथा पत्रकार महासंघले माग गरेका कार्यक्रमहरुको लागि बजेट विनियोजन गरेको छ । 
सञ्चारकर्मी कल्याणकारी कोष स्थापनाको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशमा सूचीकृत र आबद्ध छापा तथा अनलाइन सञ्चार माध्यमसँग सहकार्यका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पत्रकार महासंघले  माग गरेका कार्यक्रमको आधारमा शाखाको कार्यालय मर्मत सुधारको लागि यो वर्ष अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, पाल्पाको लागि ५ लाखका दरले बजेट विनियोजन गरेको छ । 
टेलिभिजन कार्यक्रम सहकार्य अनुदान ५० लाख, र एफएम रेडियो कार्यक्रम प्रशारण सहकार्य अनुदानका लागि एक करोड विनियोजन गरेको छ । पत्रपत्रिका र अनलाइका लागि ५० लाख बजेट विनियोजन भएको छ । 
 सामुदायिक रेडियो प्रसारक संघ र वानको लागि उपकरण खरिदका लागि ५ लाख, सञ्चार संग सम्बद्ध संघ सस्था तथा क्लबलाई मेसिनरी औजार तथा फर्निचर खरिदका लागि २५ लाख बजेट विनियोजन भएको छ । 
विकास र सुशासन सम्बन्धी खोज मुलक लेख फिचरका लागि २० लाख, प्रदेश भरका पत्रकार सम्मानका लागि ५ लाख तथा पत्रकारको क्षमता बृद्विका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 
राप्ती उपत्यकामा र रुपन्देहीमा सामुदायिक सञ्चार गृह निर्माणको लागि ५/५ लाख रुपैयाँ र महिला मात्रले सञ्चालन गरेको रेडियोको उपकरण खरिदका लागि ५ लाख बजेट विनियोजन भएको छ । 
पत्रकार महासंघसंग भएको छलफल तथा मागको आधारमा  कार्यक्रमका लागि बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा मानुनमन्त्री चेतनारायण आचार्यले बताए । उनले पत्रकार र मिडियाको विकासमा सहयोग गर्न प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने बताउदै मिडीयामैत्री प्रदेश सरकार बनाउन आफूहरु लागि परेको बताए । 
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरीले आफुहरुको पहलमा आफुहरुका मागका आधारमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन  मन्त्रालयले बजेट विनियोजन गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिएका छन् ।

अन्य समाचारहरु