कृष्ण परियार
बिजुवार, प्युठान असार ५ । कोभिड -१९ माहामारिको तेस्रो लहर आउन सक्ने भन्दै जिल्ला अस्पताल बिजुवार प्युठानमा पुर्ब तयारी पूरा भएको छ ।
कोरोना माहामारिको दोस्रो लहर चलिरहेकै बेलामा तेस्रो लहर पनि आउन सक्ने भन्दै वैज्ञानिकहरुले पुर्व तयारीमा जुट्नको लागि सुझाइ सकेका छन् । तेर्सो लहरमा बालबालिका हरु बढी प्रभावित हुन सक्ने भन्दै सरकारले पनि सम्पुर्ण अस्पतालहरुलाइ पुर्वतयारिमा जुट्न निर्देशन गरे अनुसार प्युठान अस्पतालले पनि तयारी थालेको हो ।
निकट भबिष्यमा आउन सक्ने माहामारीलाई मध्यनजर गरि सम्पूर्ण स्वास्थकर्मिहरु लाई बालरोग ब्यब्स्थापन सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताए । स्वास्थ तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार एक जना बालरोगबिषेशज्ञ सहित चार जना मेडिकल अधिकृत र बाह्र जना नर्सिङ स्टाफलाई तयारी अवस्थामा राखिएको डा. दर्नालको भनाइ छ ।
जिल्ला अस्पतालमा कोभिडको दोस्रो लहरमा १३४ जना कोभीड सङ्क्रमितको उपचार गरिएको छ । जसमध्ये ९४ जना सङ्क्रमित उपचार पछि निको भएका छ्न । जिल्लामा १८ जनाको कोभिडका कारण ज्यान गएको छ । १ हजार १ सय ३२ जनाको एन्टिजेन टेष्ट गरिएकोमा ५७७ जनामा पोजेटिभ देखिएको डा दर्नालले बताए । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ ।
जिल्ला अस्पतालमा अहिले ५ ओटा एचडियु बेड संगै ४० ओटा आइशोलेशन बेड बाट कोभिड संक्रमितको उपचार गरिदै आएको छ । अस्पतालले कोभिडका बिरामी संगै अन्य बिरामीहरु लाई पनि निरन्तर सेवा दिइरहेको डा. नवीन दर्नालको भनाइ छ ।