मानिसबाटै निम्तिएको बाढीपहिरोको प्रकोप


काशीराम घिमिरे 
बाढिपहिरो आँधिबेरी एउटा दैबीप्रकोप हो। यो सँगसँगै धेरै प्रकोपक हरु को बेलाबेलामा सामना गर्नुपरेको छ।यो दैबीप्रकोपलाई कसैले रोक्न सक्दैन ।तरपनि सचेत हुने  र साबधानी भने पक्कैपनि अपनाउनु पर्छ।बिश्वमा यसबाट प्रत्येक बर्ष हजारौंले ज्यान गुमाएका छ्न ।बेलाबेलामा हुँने सामुन्द्रीकआधिभेरि को कारणले गर्दा निकै ठूलो जनधनको क्षति गुमाएको हुन्छ।यो बिश्वभर सबैठाउँमा हुन्छ ।हामी भुपरिबेस्ठित भएकोले बर्षात मासमा मात्र पर्छौ ।सामुद्रीक देशमा यसको सामना जुनसुकै समयमापनि अाँदि आउने कारणले गर्दा  हाम्रो तुलनामा अझबढी समस्या निम्त्त्याएको छ।
हाम्रो देशमा बाढिपहिरोको प्रकोप बर्षातमै आउने गर्छ ।हाम्रो बनावट नै हिमाल, पहाड ,तराई भएको हुँदा पनि प्राय हिमाली र पहाडी क्षेत्रबाट बाढिपहिरो आउने मुख्य समस्या छ ।हिमाली ताल तलैयाहरु चिस्यान भुमीहुँदा बाडी बग्ने गर्छ।हिमाली पहाडी क्षेत्रमा अहिलेबाटोघाटोको कारणपनी जमिन धेरै थर्किने रुखबिरुवा हरु धेरै काट्नुपर्ने कारणबाट पनि यो समस्य निम्तिएको  छ । बिकास गर्दा कतै बिनास निम्याएका त छैनौं ।त्यही बाढिपहिरो हिमाल,पहाड हुँदै तराईको ठाउँमा जानेगर्छ।जसले गर्दा हिमाल पहाडमा पहिरो र तराईमा उक्त बाढिले गर्दा डुवान निम्त्याइ मानबिय साथै बालिनाली भौतिक रुपमा क्षति बढिहुने गर्छ।बेलाबेलामा हुने चुरे दहन बाटपनी यसको परिणाम डरलाग्दो  हुन्छ।नदिनालामा आएको बाढिले कटान गरि कृषिको लागि अन्नबाली लगाउने खेतहरु बर्सेनि बगरमा परिणत भएका छ्न ,बस्तीहरु असुरक्षित छ्न ।रुखहरु पातलिदै छ्न ।
यो त्यसै भएको होइन ।उक्त बाढिलाइ राम्रोसग बहने बाटो एकातिर नहुँदापनी यो अबस्था आएको हो।जसले गर्दा नेपालको हिमाली र पहाडी क्षेत्रमात्र होइन तराईमा झन झन समस्या निम्त्याएको  छ। जसको उदाहरण कोशीको तट्बन्द ,गन्डक वाँध,टनकपुर मुख्य हुन ।सानातिना यस्ता कार्यहरु क्षिमेकी देशबाट हुँदापनि यो समस्या आएको छ।
नेपालमा बढिपहिरो बाट बर्षमा सयौंले ज्यान गुमाएका हुन्छ्न र अर्बौंको जनधनको क्षतिहुनेगरेको हुन्छ।तरपनी सरकारी प्रयास हरु किन परिणाममुखी बनिरहेका छैनन् ।यसमा बेलैमा सचेत हुनुपर्छ ।प्रत्येक बर्षहुने यो अवस्थाबाट त केही त फरक हुनुपर्ने तर छैन ।गतसाल पनि बाढिले सयौंको क्षतीभएको थियो तरपनी यो बर्ष पनि क्षतिमा खासै कमि देखिएन ।भर्खरमात्र सिन्धुपाल्चोक ,मनाङ ,लमजुङ ,रुपन्देही ,अर्घाखाँची ,प्युठान लगायत देशाका धेरै ठाउँमा बाढिको प्रभाव उच्च रह्यो र सिन्धुपाल्चोकमा बढिनै भयो ।मानबिय र भौतिक रुपमै क्षतीज्यादा भयो ।
यसको लागि सरकारी तवर बाट नै रुपमा यसको प्रयास हुनुपर्छ ।यसको लागि बिज्ञहरुको राय सल्लाह बाटैनै विशेषअनुसन्धान गरि कुनकुन ठाउँमा धेरै क्षती भयो र के कारणले भयो यो बारेमा सत्यतथ्य खोज अनुसन्धान र निरीक्षण गरि समाधान निकाल्नु पर्छ ।हाम्रो निरन्तरता नफिने तर बर्सात र बाढिआएपछी यो बल्ल त्यस तर्फ लाग्ने जस्तो क्रियाकलाप ले गर्दा यो सार्थक परिणाम  देखिएको छैन जसले गर्दा यस्ता कार्य बारम्बार रुपमै आएका छ्न ।जसको लागि आझैबाट लागौं ।कुन ठाउँमा बस्ती बसाउने कुनमा हटाउने भन्नेबारे निर्णय तत्काल गर्नुपर्छ।सिन्धुपाल्चोक र बुटवलको सुकुम्बासी बस्तिबारे तत्काल सोच्नुपर्छ बर्सेनि यी क्षेत्र असुरक्षित छ्न ।उचित टिम परिचालन गर्नुपर्छ । सबै तयारी अबस्थामा बस्नेर उचित रुपमा औजारहरुको ब्यबस्था गर्नुपर्छ।
बाटोघाटो बनाउँदा जथाभावी रुखकटान कम गर्ने र बाटोपनी आबस्याक मात्र खन्ने गर्नुपर्यौ।तराईमा चुरे दहन रोक्नुपर्छ ।बनजङ्ल फडानी तत्काल रोक्नुपर्छ ।नदिनालामा बारपार पर्खालको ब्यबस्था र नदि तटबन्द हरुको राम्रो ख्याल गर्नुपर्छ ।नदिलाइ सहज रुपमा बग्न दिनेगर्नुपर्छ।भारत सरकार बाट सिमानामा भएका अबैध बाँध बाध्ने कार्यतत्काल रोक्नुपर्छ दुई देशबिच तत्काल बार्तागरी यसको निकास निकाल्नु पर्छ।जत्तिपनी तटबन्ध बाँधेर भारतले लएको छ त्यो बारे बाधको ढोकाहरु बर्षात को समयमा सबैठाउँमा खुला राख्नुपर्छ ।नेपाली बस्तिलाइ सुरक्षित राख्नुपर्छ ।जतिपनी बाढिपहिरो पीडितछ्न तिनीहरुलाई तत्काल सरकारि तवरबाट राहत र उचित ब्यबस्थापन गर्नुपर्छ।बाढिपहिरो आउने प्रमुख ठाउँमा सुचना दिने साइरन हरु सङ्केत हरुको जडान गर्नुपर्छ ।हामीपनि जनस्थर बाट कसरी यसबाट बच्ने भन्नेबारे बेलैमा चनाखो हुन जरुरी छ।जस्तै बाढी आएको बेला खोला नदिमा नजाने नतर्ने बाढीआएको समयमा धेरै मान्छेहरु खोलाहेर्न जाने गरेको देखिन्छ त्यो ठिक होइन ।सगै सेल्फिखिच्ने गर्दा चिफ्लिने र खोलामा पर्ने डर धेरै हुने गर्छ त्यो राम्रो होइन ।देशको साथै जनस्थर बाट सबैले सचेत र चनाखो र आफ्नो कर्तव्य सम्झी बिगतको पाठहरु सिकि यसबारे बर्षभरी नै काम गर्ने र क्षतिकसरी कमगर्ने भन्ने बारे बेलैमा काम गरेमा यसबाट कम गर्न वच्ने सकिन्छ । त्यसैले जनस्थर र आ-आफ्नो ठाउँबाट आफ्नो कर्तव्य निर्बाह गरौं ।