हाम्रो प्रमुख खाद्यान्न बाली धान


काशीराम घिमिरे 
पाणिनी -४पटौटी अर्घाखाँची
नेपालमा धानबाली प्रमुख खाद्यान्न बालिमा पर्छ। बिहान बेलुकाको दैनिकीमै यसैको प्रयोग भएको हुन्छ।यसको प्रयोग खानाको साथै पुजा गर्दापनी यहीँ धान चामलको प्रयोग भएको हुन्छ ।त्यसैले यसलाई धर्म सँस्कृती परम्परा सँगपनि जोडिन्छ। धान लगाउँदा जति बाजागाजाका साथ लगाउने गरिन्छ र भित्र्याउँदा पनि त्यतिकै रमाइलोका साथ भित्र्याउने गरिन्छ ।धान रोप्दा  त्यो रमाइलो क्षणछुट्टै हुन्छ ,काम गर्दा थकाइको कुरा एकातिर छ्दैछ र अर्कोकुरा त्यो सँगै बाजा बजाउने गितको र नाँचको तालमा कामगर्दा रमाइलो हुनेगर्छ । हाम्रो देशका विभिन्न ठाउँमा आफ्नो तरिका बिधीले आफ्नो परम्परागत रुपना रोप्ने गरिन्छ। समग्र कृषिले देशको कुल गार्हस्थ उत्पादनमा २६प्रतिशत योगदान दिएको छ भने कुल कृषि उत्पादनको २०प्रतिशत धान बालिको योगदान छ। त्यसैले यसको उत्पादनमा तलमाथि भएमा देशको अर्थतन्त्रमा नै असर गर्छ।समय अनुसार र समय अनुकुल हुँदा यहाँ राम्रो धान उत्पादन हुनेगर्छ।गत चालू बर्षमा नेपालमा धानबालीमा राम्रो सुधार भएकोथियो नेपालमा५६लाख मेटि्कट्न धान उत्पादन भएको थियो ।नेपालमा झण्डै २५ लाख हेक्टर कृषि योग्यजमिन जमिन मध्ये ५देखि १०प्रतिशत जमिन बाँझो रहेको छ। 
नेपालमा धानबाली परम्परागत रूपमा रोप्ने गरिन्छ।केही धानहरु दसकौ देखीरोपिराखेको पाइन्छ ।समय सगै यी धानबालिका जातहरुमा परिवर्तन गर्न जरुरी छ।दसकौ अगाडि नेपाल धानबालिमा आत्मनिर्भर रहेको थियो धान चामल बिदेश निर्यात हुन्थ्योतर जनसंख्याको वृद्धि र खानपानको परिवर्तनको कारण र बर्सेनि उत्पादन समय अनुसार नबढदा दैनिकी रुपमा बिदेशबाट धान चामलको आयत बढिरहेको छ। समग्र बिदेशी आयतको १२खर्ब माथी हुँदा जम्मा १खर्ब २१अर्ब मात्र बस्तु निर्यात भएको छ र कुल कृषि बस्तु आयत७६अर्ब रहेकोमा धान चामल मात्र ४६अर्ब हाराहारीमा छ। 
नेपालमा धान प्रमुख बाली भएतापनी उत्पादन परम्परागत रुपमा हुँदा र समयको माग र परिबर्तन अनुसार यो खेतिबालिमा परिबर्तन नहुँदा र नयाँ नयाँ जातका धानका जातहरु भित्र्याउन नसक्दा पनि र धेरै जमिनमा सिंचाइको ब्यबस्था नहुँदापनि समस्या भएको छ र धान रोप्ने समयामा उचित मल बिउमा समस्या छ र बेलाबेलामा आउने बाडिपहिरो र खेतियोग्यजमिन बगरमा परिणत हुँदापनि बर्सेनि उत्पादन क्षमता र खेतीयोग्य जमिनको कमि रहेको छ समय अनुसारको कृषि सामाग्रीको अभाब दक्षजनसक्तीको अभाव नयाँ नयाँ रोगको प्रकोपको समस्या छ।
नेपालमा धानमा आत्मनिर्भर हुनको लागि समय अनुसार नयाँ नयाँ बिउको प्रयोग ,उचित मल ,किराकिरिको नियन्त्रण ।नयाँ कृषि औजारको प्रयोग,सिंचाइ को ब्यबस्था ,चुरे दहन बन्द ,खोलानदिको कटान नियन्त्रण र नयाँ युवापुस्तालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ ।सरकारी तवरबाट नै कतिबर्षमा धानमा आत्मनिर्भर हुनेभन्ने बारेमा एउटा विशेष योजना अनुसार धान उत्पादन गर्न आजैबाट सबैलाग्नुपर्छ । बिदेशबाट आयातित धान चामलअब रोक्नुपर्छ । खासगरी बजारमा बढिरुपमा बास्मती चामलको प्रयोग बढी हुँदा पनि आयात बढेको छ।यो तत्काल रोक्नुपर्छ स्वदेशी धान चामलको प्रयोग बढाउनु पर्छ।हाम्रो सँस्कृती परम्परा अनुसार हुने धानरोपाइँ लाई ब्यबस्थित तहबाटगरि परम्परा जोगाउनु पर्छ ।आगामी दिनमा बिदेशबाट धान चामल ल्याउने होइन आफै आत्मनिर्भर भइ अव धान चामलको निर्यात बढाउनु पर्छ।त्यसैले धान बालिलाइ माया गरौं । आफ्नो खेत हरु बाझोनरखौ ,धान रोप्ने गरौं । राष्ट्रिय धान दिवसको सबैमा शुभकामना ।