धर्मराज पन्थी
पन्जाब (अर्घाखाँचीडट्कम) । प्रवासी नेपाली संघ भारत बठिन्डा नगर समितिको अगुवा भेला सम्पन्न भएको छ ।
प्रवासी नेपाली संघ भारत बठिन्डा नगर समितिको अगुवा भेला आईतबार प्रवासी नेपाली संघ भारतक केन्द्रीय सचिवालय सदस्य कृष्ण प्रसाद भट्टराईको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
साथै राज्य सचिवालय सदस्य चन्द्र प्रसाद भुसालको उपस्थितिमा सम्पन्न भेलाले बठिन्डा नगर समिति सचिवालय पुनर्गठन गरेको छ । जसमा अध्यक्ष हेमलाल सापकोटा उपाध्यक्ष उमा देवी रास्कोटी सचिव तिल बहादुर विष्ट कोषाध्यक्ष चन्द्र प्रसाद भुसाल वरिष्ठ सदस्य देवी कला सापकोटा रहनु भएको छ ।
यस्तै सचिवालय बैठकले अब संगठनलाई अनुशाशित र वैधानिक ढंगले तिब्र गतिमा अगाडि लैजाने ठोस निर्णय गरेको छ ।